Logo

बम दिदी-बहिनीलाई ६ दिन थुनामा राख्न अनुमति



काठमाडौं, ११ भदौ । कञ्चनपुर भीमदत्त नगरपालिका २ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या अनुसन्धानका क्रममा पक्राउ परेका बबिता बम र रोशनी बमलाई थुनामा राख्न ६ दिने म्याद थपिएको छ।

जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश प्रकाश कुमार अधिकारीको एकल इजलासले बम दिदीबहिनीलाई निर्मला हत्याको अनुसन्धानका लागि अझै ६ दिन थुनामा राख्न अनुमति दिएको हो।

शनिबार प्रहरीले उनीहरू दुवैलाई पक्राउ गरेको थियो। गृहकार्य गर्न भन्दै निर्मला गत साउन १० गते बमको घर गएकी थिइन्। रोशनी बम र निर्मला एउटै विद्यालयमा सँगै पढ्थे। त्यो दिन रोशनीको घरमा गएकी निर्मलाको शव भोलिपल्ट उखुबारीमा फेला परेको थियो।



प्रतिक्रिया दिनुहोस्