Logo

सुरेश र पुष्पाको स्वरमा नयाँ देउडा ‘झ्याम पैतली झ्याम्म’



काठमाडौं । लोकप्रिय देउडा गायक सुरेश शाही र पुष्पा बोहराको स्वरमा ‘झ्याम पैतली झ्याम्म‘’ बोलको देउडा गीत बजारमा आएको छ । गायक तथा संगीतकार सुरेश शाहीको शब्द र सङ्गीत रहेको उक्त देउडा गीत ‘झ्याम पैतली झ्याम्म’ वल्र्ड कभर मिडियाले बजारमा ल्याएको हो ।

बिनोद बाजुरालीको सङ्गीत संयोजन रहेको गीतको भिडियोलाई विरेन्द्र भाट ‘विपिन’ले निर्देशन, छायाँकन र सम्पादन गरेका हुन् । गायक शाहीको केही समय पहिले चल गोविन्दे बोलको देउडा गीतले तहल्का मच्चाउन सफल भएको थियो ।



प्रतिक्रिया दिनुहोस्