Logo

अर्जुन कपुर किन आए सुटुक्क नेपाल ?



काठमाडौ । पछिल्लो समय बलिउडका चर्चित अनुहारहरू नेपाल आउने क्रम बाक्लो छ । । बेला बलिउडका चर्चित अभिनेता अर्जुन कपुर आफ्नो फिल्म छायाङकनको लागि नेपाल आइपुगेका छन् ।त्यसो त केही समय अघि एक दिनको लागी मात्र बलिउड अभिनेत्री करिष्मा कपुर पनि नेपाल आएर फर्कीएकी थिईन ।

सोमबार नेपाल आउनुको कारण बन्दै गरेको चलचित्र ‘इण्डियाज् मोस्ट वान्टेट’को सुटिङको लागी नेपाल आइपुगेका उनले आफ्ना नेपाली फ्यानहरुलाई जानकारी गराएका छन । काठमाडौँ अवतरण गरेको केहि समयमै अर्जुन पोखरा तिर सुटिङको लागी उडेका थिए ।

नेपाल र दिल्लीमा छायाङ्कन हुने यो चलचित्रको दिल्लीका सेड्युल सकिसकेको भारतीय मिडियाले उल्लेख गरेको छ । चलचित्र सुटिङको क्रममा अर्जुन कति समय नेपाल हुनेछन् त्यो भने खुलाइएको छैन ।

चलचित्र इण्डियाज् राजकुमार गुप्ताले निर्देशन गरिरहेको मोस्ट वान्टेटमा अर्जुन एक प्रहरी अफिसरको भूमिकामा देखिने जानकारी गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्