काठमाडौं । लोक तथा दोहोरी गीत क्षेत्रमा रीना थापा लोकप्रिय एव्म चर्चित नाम हो । उनले करिब ८ सय गीतमा अभिनय गरिसकेकी छन । काभ्रे जिल्लाको पाँचखाल नगनपालिकामा बुबा लिला बहादुर थापा र आमा कुमारी थापाको कोखबाट २०५२ सालमा जन्मिएकी रीना थापा मगर विगत ६ वर्षदेखि अभिनय क्षेत्रमा तथा कलाकारीतामा सक्रिय छन् ।
कलाकार समाजका गहनामात्रै होईनन्, शासन व्यवस्थाका साझेदार हुन जरुरी छ । कलाकारले समाजको ऐना सावित गर्न कुनै कन्जुसाई गर्नु हुँदैन । नेपाली कलाकारितालाई परिपक्व र प्रगतिशील बनाउन एक ठाउँमा उभिनुपर्ने हुन्छ ।
अर्कोतर्फ परापूर्वकालदेखि चलिआएको कला संस्कृतिको जर्गेना र समयसँग चल्नुपर्ने चुनौतीको अघिलतिर उभिएर कलाकारहरुले कलाभित्र आफू र आफूभित्र कला खोज्नुपर्ने हुन्छ ।
समाजले कलाकारलाई हल्का रुपमा हेर्छन् ! पढे लेखेका हुँदैनन् ! मुलुकको अवस्था, जनताको अवस्था उनीहरुलाई त्यति धेरै जानकार हुँदैन ! लगायतका आरोपहरुबाट कलाकार मुक्त हुनैपर्छ । उल्लेखित आरोपहरुमा केही सत्य र केही भ्रम पनि छन् ।
यस्ता प्रसँगहरु मोडलिङ क्षेत्रमा सुन्दर भविष्य निमार्ण गर्न सफल भएकी रीना थापाको जीवनभन्दा दुरका कुरा हुन । उनी यस क्षेत्रमा लागेदेखि कहिल्यै पछि फर्किनु परेन । यस सन्दर्भलाई आधारमा मानेर भन्ने हो भने रीना भाग्यशाली कलाकारहरुको पनि हुन ।
अर्को सत्य के पनि हो भने उनका समकक्षिहरुको स्थितिका बारेमा खोजि पत्रकारिता आवश्क पर्छ । तर रीनालाई खोज्नु पर्दैन । ६ वर्षदेखि निरन्तर रुपमा आफ्नो अभिनय यात्रालाई निरन्तरता दिदै आएकी थापा अबिवाहिता यूवती हुन ।
संघीय राजधानी काठमाडौंको बागजार स्थित पद्य्म कन्या क्याम्पसबाट स्तानक सकेकी थापा उच्चशिक्षा हासिल गरेकी मोडेलको सूचिमा पनि पर्छिन् ।
कुनै नृत्याङ्गनाहरुलाई गीत पाउनै मुस्किल भएको स्थिति हुन्छ । तर रीनालाई पत्याउनेहरुको कमी छैन् । तीजको अवसरमा कसले कतिवटा गीतमा अभिनय गरेछन् भनेर बुझ्दा यो वर्षको तीजमा अत्याधिक गीतमा अभिनय गरेको जानकारी पाईयो ।
नेपाली हिन्दुनारीको महान पर्वका रुपमा लिने गरेको तीजको अवसरमा उनले करिब चार दर्जन अथवा ४५ वटा गीतमा अभिनय गरेको बताएकी छन् । हरितालिका तीजको पहिचान बद्लीएको छ । पहिले पहिले महिलाहरुको पहिचान बन्ने गरेको तीजले पछिल्लो समयमा पुरुषलाई पनि उक्तिकै रुपमा छुने गरेको छ । तीज सम्बन्धि केही प्रसँगहरुः
तीजको महत्व
हाम्रो समाजमा तीज महिलाहरूले मनाउने एउटा महत्वपूर्ण पर्व हो । आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन विताउनु पर्नेहुन्छ ।
यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्वपूर्ण अवसरको रूपमा तीजपर्वको गहन महत्व रहेको छ ।
तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ ।
तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत वसी नाचगान र मनोरञ्जन गर्छन भने अविवाहिताहरू सुयोग्य वरको आशा राखी ब्रत बस्छन । ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण ब्राह्मणीहरूलाई दानदक्षिणा गर्ने चलन रहेको छ ।
दरखाने दिन
यो चाडमा माइतीले (बाबु आमा, दाजुभाई) छोरीरचेली लाई घरमा गई लिएर आउने वा बोलाएर मीठा–मीठा परिकार खुवाउने तथा मनका भावना एवम् सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने–बस्ने चलन छ । यस दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ । यहि दर खाने दिन बाट नै तिज पर्वको आरम्भ भएको मानिन्छ ।
दरमा ठाउँ अनुसार विभिन्न मिठा-मिठा परिकार साथै खीर, ढकने, सेलरोटी, केरा लगायतका खाना, फलफुल खाने गरिन्छ । आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ । सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ । भोलिपल्ट दिनभर पानी सम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राती ढीलासम्म बसेर पेटभरी खाने प्रचलन बसेको हो ।
मनाउने तरिका
तीजको दिनका अतिरिक्त गणेश चतुर्थी र ऋषिपञ्चमी लाई पनि तीज पर्वकै रूपमा मनाइन्छ । खास गरी यसमा स्त्रीहरूले पतिको निमित्त निराहार रहेर भगवान शिव तथा आद्य शक्ति पार्वती सँग प्रार्थना गर्दछन् । यो दिन महिलाहरु विहान चाँडै उठी नुहाई धुवाई गरेर दिनभरी जल अन्न ग्रहण नगरी ब्रत बस्ने गदैछन ।
बेलुकी पख घर गाउँ र छिमेकका महिलाहरु भेला भई पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन रहेको छ ।निर्जला ब्रत भनिएपनि आजभोली महिलाहरु मध्यान्हमै पुजा आराधना पश्चात फलफूल ग्रहण गर्ने गर्दछन । कतिपय महिलाहरु नजीक रहेको शिवमन्दिरमा गई शिव आराधनाका साथै नाच गान तथा रमाईलो गर्ने गर्दछन् । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा महिला ब्रतालुहरुको ठूलो भीड हुने गर्दछ ।
तीजको धार्मिक पृष्ठभूमि
हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् ।
पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बस्न बसिन् ।
यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई चिताएको कुरा पुगोस् भनी आशिर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।