Logo

‘मलाई बार्सिलोनाको सामना गर्न निक्कै गाह्रो महसुस हुन्छ’ : नेयमार



काठमाडौं, १३ भदौ । पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्ड नेयमार जुनियरले आफूलाई बार्सिलोनाको सामना गर्न निक्कै गाह्रो महसुस हुने बताएका छन ।उनले भने,‘त्यसैले म च्याम्पियन्स लिगमा बार्सिलोनासँग खेल्ने चाहना छैन ।’

युइएफए च्याम्पियन्स लिगमा आफ्नो पूर्व क्लब बार्सिलोनासँग खेल्न नपरोस भन्ने आशय राखेका छन् । व्यापारिक कार्यको सिलसिलामा बार्सिलोना पुगेका नेयमारले मुन्डो डिर्पाेटिभोसँगको अन्तर्वार्ताका क्रममा च्याम्पियन्स लिगमा बार्सिलोनासँग खेल्न नपरोस् भन्ने धारणा राखेका हुन् । ‘म सधैं बार्सिलोनाका साथीहरुसँग नजिक रहेको छु । मेरो बार्सिलानाका पूर्व सहकर्मीसँग राम्रो सम्बन्ध रहेको छ । उनीहरु सबै उत्कृष्ट छन् ।’

नेयमारले भनेका छन्, ‘मलाई बार्सिलोनाको सामना गर्न निक्कै गाह्रो महसुस हुनेछ । त्यसैले म च्याम्पियन्स लिगमा बार्सिलोनासँग खेल्ने चाहना छैन ।’

यस सिजनको च्याम्पियन्स लिगको समूह चरणको ‘ड्र’ शुक्रबार हुँदैछ । नेयमार गतवर्ष विश्व कीर्तिमानी २२२ मिलियन पाउन्डमा पीएसजी पुगेका थिए । सन् २०१३ मा ब्राजिलियन क्लब सान्तोषबाट बार्सिलोना पुगेका नेयमारले २०१४–१५ को सिजनमा च्याम्पियन्स लिग जितेका थिए ।

२०१६–१७ को सिजनमा बार्सिलोनाले पीएसजीलाई पराजित गरेको थियो । अघिल्लो सिजन पीएसजी प्रि–क्वाटरफाइनलमा रियलसँग पराजित हुँदा बार्सिलोना क्वाटरफाइनलमा रोमासँग निराश बनेको थियो ।



प्रतिक्रिया दिनुहोस्