Logo

नेपाल र मलेशियाबीचको खेल शुरु



काठमाडौँ । एशिया कप छनोट क्रिकेटअन्तर्गत नेपाल र मलेशियाबीचको खेल केहीबेरअघि शुरु भएको छ । मलेशियाको राजधानी क्वालालम्पुरस्थित ओभल क्रिकेट मैदानमा टस हारेर नेपालले पहिले ब्याटिङ शुरु गरेको छ ।

खेल शुरु हुनुअघि बिहान पानी परेपछि खेल भर्खरै शुरु भएको त्यहाँ रहेका नेपाली टोलीका टोली व्यवस्थापक रमन सिवाकोटीले जानकारी गरएका छन। वर्षाका कारण खेल शुरु हुन ढिला भएपछि खेल ३० ओभरमा झारिएको छ । यही भदौ १३ गते भएको छनोटको पहिलो खेलमा ओमन र १४ गते भएको दोस्रो खेलमा नेपाल पराजित भइसकेको छ ।

एशिया कप छनोटको शीर्ष दुईमा पुग्न नेपाललाई मलेसियाविरुद्ध जित्नै पर्ने दबाब छ । पराजय व्यहोरेको खण्डमा नेपालको एशिया कप सपना सकिनेछ । नेपाल अङ्क तालिकाको पुछारबाट दोस्रो स्थानमा छ । नेपालले सिङ्गापुरसँग १७ र हङकङसँग १९ गते खेल्नेछ । मलेशियाविरुद्ध पछिल्लो पाँच खेलमा नेपालले पराजय बेहोर्नुपरेको छैन ।



प्रतिक्रिया दिनुहोस्