Logo

राहुल गान्धी कैलाश यात्राका लागि ल्हासा प्रस्थान



काठमाडौं, १६ भदौ। भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धी कैलाश यात्राका लागि तिब्बतको ल्हासातर्फ प्रस्थान गरेका छन् । कैलाश मानसरोवर जानका लागि हिजो दिउँसो नयाँदिल्लीबाट काठमाडौं आएका उनी आज ल्हासा हुँदै कैलाश जान लागेका हुन् ।

गएराति काठमाडौंको लाजिम्पाटस्थित होटल र्‍याडिसनमा बसेका उनी शुरुमा नेपालगञ्जबाट हुम्ला हुँदै मानसरोबर पुग्ने बताइएको थियो । तर आज भने एअर चाइनाको विमानमार्फत् कैलाश यात्रामा लागेका हुन् ।

आगामी वर्ष हुने भारतीय संसदको निर्वाचनमा हिन्दु मत आकर्षित गर्न प्रधानमन्त्री नरेन्द्र मोदी र विपक्षी दलका अध्यक्ष गान्धी विभिन्न धार्मिक पीठको यात्रामा छन् ।

गान्धीमाथि धार्मिक आस्था नभएको आरोप भारतीय जनता पार्टीका नेताहरुले लगाइरहेका छन् भने उनी आफू शिवभक्त रहेको जिकिर गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्