Logo

स्वास्थ्य केन्द्र भवन निर्माण



नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका– २३ मा शहरी स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहयोगमा रु ६५ लाख ९८ हजारको लागतमा सो भवन निर्माण भएको हो ।

प्रमुख प्रशासकीय अधिकृत तोयानाथ सुवेदीले स्वास्थ्य केन्द्र भवन निर्माणबाट अत्यावश्यक स्वास्थ्य सेवा सहज हुने बताएका छन।
नवनिर्मित भवनको उपमहानगरपालिका कार्यवाहक प्रमुख प्रमोद रिजालले वडा कार्यालयलाई हस्तान्तरण गरेका थिए ।

उक्त स्वास्थ्य केन्द्रबाट खोप, परिवार नियोजन, सामान्य उपचार, परामर्शलगायतका सेवा शुरु गरिएको स्वास्थ्य शाखा प्रमुख केशवराज गौतमले जानकारी गराएका छन ।



प्रतिक्रिया दिनुहोस्