Logo

विशालनगरमा फुटबल प्रतिष्ठान बन्दै



नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीस्थित विशालनगरमा फुटबल प्रतिष्ठान बन्ने भएको छ ।प्रतिष्ठान निर्माणका लागि वडा कार्यालयको समन्वयमा स्थानीय गोकुलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले २३ कठ्ठा जग्गा बाँके जिल्ला फुटबल सङ्घलाई उपलब्ध गराएको छ ।

अखिल नेपाल फुटबल सङ्घ एन्फाले प्रतिष्ठान निर्माणका लागि रु पाँच लाख उपलब्ध गराएको सङ्घका जिल्ला अध्यक्ष भोजराज शाहीले बताएका छन ।

सो प्रतिष्ठानमा आठदेखि १० वर्ष उमेरका करीब ६०० बालबालिकालाई प्रशिक्षणमा सहभागी गराउने लक्ष्य छ । नेपालगञ्ज उपमहानगरपालिका–१ का वडाध्यक्ष प्रमोद रिजालले प्रतिष्ठानका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन।



प्रतिक्रिया दिनुहोस्