Logo

विप्लव समूहपनि वार्ताका लागि सकारात्मक छ : पाण्डे



पाल्पा, १९ भदौ । सत्तारुढ दल नेकपाका नेता एवम् उच्चस्तरीय वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले असन्तुष्ट वा विद्रोही सबै पक्षको माग वार्तामार्फत् पूरा गर्न लिखतरुपमै वार्ताका लागि आह्वान गर्ने क्रममा रहेको बताएका छन् ।

मंगलबार पाल्पामा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।  उनले भने,‘विप्लव समूह पनि वार्ताका लागि सकारात्मक छ । तराईमा रहेका गोइत समूह, पाल्पालाई केन्द्र बनाएर स्थापित माओवादी कम्प्युनिष्ट केन्द्र, सिके राउतलगायत अन्य समूहको पहिचान गरी लिखित प्रक्रियाबाट वार्ताको लागि आह्वान गर्ने क्रममा छौं।’

पाण्डेले हिंसारत, युद्धरत पक्षहरूसँग वार्ताको माध्यमबाट सरकार अगाडी बढी शान्तिपूर्ण प्रक्रियामा जान चाहेको पनि बताए ।



प्रतिक्रिया दिनुहोस्