काठमाडौं, १९ भदौ। नेपाल पत्रकार महासंघका उपाध्यक्ष एवम् रिपोर्टर्स क्लब नेपालका केन्द्रीय सचिव दिलिप कुमार थापामगर जनसेवा श्री विभूषणद्वारा विभूषित भएका छन् ।
नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा पत्रकारितामार्फत पु¥याएको योगदानको कदर र सम्मान स्वरुप थापालाई उक्त विभूषण प्रदान गरिएको हो ।
आज राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा उक्त पदक वितरण गरिएको हो । २०७४ सालको गणतन्त्र दिवशको उपलक्ष्यमा घोषणा गरिएको विभिन्न १० मान पदवी मध्यबाट आज (मंगलबार) ३ सय ४५ जनालाई राष्ट्रपतिको हातबाट विभूषित गरिएको छ ।
गृह मन्त्रालयका अनुसार नेपाल रत्नबाट १ जना, राष्ट्रगौरवबाट १ जना, महाउज्ज्वल राष्ट्रदीपबाट ५ जना, उज्जवल किर्तिमय राष्ट्रदीपबाट १ जना, प्रसिद्ध प्रबल जनसेवा श्रीबाट ७ जना, सुकिर्तिमय राष्ट्रदीपबाट २१ जना, सुप्रबल जनसेवा श्रीबाट १ सय १९ जना, कीर्तिमय राष्ट्रदीपबाट ५ जना, प्रवल जनसेवा श्रीबाट १ सय ४० जना र जनसेवा श्रीबाट ४५ जना गरी जम्मा ३ सय ४५ जना विभुषित भएको जनाएको छ ।