Logo

‘प्रेस स्वतन्त्रतालाई कुन्ठित पार्न कसैले चाहेर सक्दैन्’



बुटवल, २० भदौ । नेपाल पत्रकार महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष विपुल पोखरेलले पत्रकारको लेख्न पाउने अधिकारलाई कसैले खोस्न नसक्ने बताउनु भएको छ ।

उहाँले कुनै पनि बहानामा प्रेस स्वतन्त्रतालाई कुन्ठित पार्न खोज्दा राज्य र नागरिक विचको दुरि बढ्दै जाने स्पष्ट पार्नुभयो । रिपोर्टर्स क्लव प्रदेश नम्बर ५ ले गरेको स्वागत कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष पोखरेलले लोकतन्त्रमा वाक तथा अभिव्यक्ति स्वतन्त्रता र सुचनाको हकमाथी बन्देज लगाउने प्रयास कदापी स्विकार्य नहुने बताउनुभयो ।

घाँटीमा तरवार तेस्राएर स्वतन्त्र र निश्पक्ष पत्रकारिताको अपेक्षा गर्नु सरासर गलत उहाँको तर्क छ । रिपोर्टर्स क्लव प्रदेश नम्बर ५ का संयोजक रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कपिल ज्ञवालीले गर्नु भएको थियो ।

कार्यक्रममा क्लवमा उपाध्यक्ष पोखरेल पहिलो पटक गएको भन्दै अध्यक्ष क्षेत्रीले खादा ओढाएर स्वागत गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्