काठमाडौँ । प्रदेश नम्बर ३ कि प्रदेश सांसद कल्पना नेपालीले हरितालिका तीजको शुभकामना दिदै देश भर भईरहेको महिला उत्पीडन, बलात्कार, महिला हत्या हिँसा, चेलीबेटी बेच बिखन बिरुद्द कडा भन्दा कडा कानून निमार्ण गर्न संघीय सरकारलाई आग्रह गरेकी छन् ।
नुवाकोट– तार्केश्वर नगरपालिका काठमाडौंले आयोजना गरेका एक कार्यक्रममा वर्तमान समयमा देशभर महिलामाथि हिसाँ भईरहेको भन्दै उनले यस्तो आग्रह गरेकी हुन । उनले भनिन्,‘दोषीहरुलाई तत्तकाल कारबाहीको दायरामा ल्याउनु पर्ने र महिलाहरुलाई सुरक्षाको प्रत्याभूति गराउनु पर्नेमा सरकार कटिवद्ध हुनुपर्छ ।’
कार्यक्रमकी प्रमुख अतिथि एवम् नेपाल महिला संघ नुवाकोटकी अध्यक्ष समेत रहेकी सांसद नेपालीले महिलाहरुको हकहितको लागि सामाजिक सुरक्षा, आर्थिक सुरक्षा तथा अन्य महिला शसक्तिकरणका लागि आफु सदैब लड्दै जाने बताईन ।
चोकराज शाक्यको संयोजकत्व एवम् प्रदेश न ३ की प्रदेश सभा सांसद माननीय कल्पना नेपालीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा नुवाकोट कांग्रेश क्षेत्र न १ को सभापति अर्जुन न्यौपाने, राज कुमार भट्टराई, जिल्ला समन्वय समितिको उपसभापति अप्सरा थापा, रेडक्रस सोसाइटिका मन्त्रि हरि श्रेष्ठ, तरुणदल नुवाकोटका नेता नबराज घिमिरे लगायतका स्थानिय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।