काठमाडौं । फिल्म ‘रोज’ तथा रामकहानी शुक्रबारबाट प्रदर्शनमा आएका छन् । अहिलेका सर्वाधिक रुचाइएका नायक प्रदीप खड्का आफ्नै पे्रमीकाको हत्यारा बनेको चलचित्र रोज यस वर्ष कै प्रतीक्षित चलचित्र हो । एउटा सोझो युवक अभिजंग थापा कसरी आफ्नै पे्रमिकाको हत्या गर्नेसम्मको अवस्थामा पुग्छ भन्ने कथाको सेरोफेरोमा फिल्म घुमेको छ ।
‘फिल्ममा हेर्ने विषय भनेको प्रेमीले प्रेमिकालाई किन र कसरी मा¥यो भन्ने नै हो’, निर्देशक निरक पौडेलले भने । रोज लभ स्टोरी क्राइम जनरामा निर्माण भएको निर्देशक पौडेलले बताए । ‘मलाई सिनेमाको ओपनिङ, इन्टरभल र क्लाइमेक्स मन परेर काम गरेको हुँ’,नायक प्रदीपको भनाइ छ ।
फिल्ममा नायिका मिरुना मगरले वकिलको भूमिकामा रहेर प्रदीपको पक्षमा वकालत गरेकी छन् । अर्की नायिका परमिता राज्यलक्ष्मी राणाले प्रदीप, मिरुनाजस्ता राम्रा कलाकार भएको टिमसँग काम गर्दा आफूले सहज महसुस गरेको र राम्रो फिल्म बनेको बताइन् ।
रोज मुलुकका मल्टिप्लेक्सदेखि सिंगल थिएटरका सबैजसो हलमा रिलिज हुँदैछ । गोपिकृष्ण मुभिज र आरोही फिल्मस्ले संयुक्त रूपमा निर्माण गरेको यो चलचित्र मुलुकका ९५ सिनेमा हलबाट रिलिज हुने भएको छ । वितरक गोविन्द शाहीका अनुसार काठमाडौंको विश्वज्योतिबाहेकसबै सिंगल र मल्टिप्लेक्स हलमा रोज लाग्ने भएको छ । यो चलचित्रले काठमाडौंको क्युएफएक्समा शुक्रबार १५ सो पाएको अन्नपूर्णमा समाचार छ ।
काठमाडौंबाहिर सबैजसो हलमा लाग्ने चलचित्र अझै बढी हलमा थपिन सक्ने पनि मोफसलका वितरक मनोज राठीले जानकारी गराए । यसैगरी शुक्रबारबाट अर्को फिल्म ‘रामकहानी’ पनि आएको छ । यसअघि लभ स्टोरी फिल्म बनाउँदै आएका सुदर्शन थापा निर्देशत रामकहानी कमेडी जनरामा बनेको छ ।
अभिनेत्री पूजा शर्मासँगै निर्देशक थापाको पनि लगानीमा निर्मित फिल्ममा पूजाका अलावा आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सनविक्रम राई, रवीन्द्र झा, राजाराम पौडेल, शिशिर राना, विशाल पहारी, सुनिता श्रेष्ठ ठाकुर र सोभित बस्नेतको अभिनय छ।