Logo

मलाईका र अर्जुन कपुरको बिवाह चर्चा कि हल्ला ?



काठमाडौँ । बलिउडकी आइटम डान्सर मलाईका अरोरा खानले सलमान खानका भाई अरबाज खानसँग डिभोर्स गरेपनि आफ्नो सरनेमबाट खान हटाएकी छैनन् । तर, यतिबेला भने उनको र अभिनेता अर्जुन कपुरबीच सम्बन्ध रहेको हल्लाले बलिउडलाई खुवै तताएको छ ।

अँझ यी दुईले बिहे गर्न लागेको पनि प्रेमनगरी बलिउडमा चर्चाको माहोल रहेकोे छ । हालै एक फेसन कार्यक्रममा बहिनी जानब्ही कपुरका साथ अर्जुन थिए भने उनीसँगै रहेकी थिइन् मलाईका । कार्यक्रममा यी दुई एकै स्थानमा बसेपछि यिनीहरुबीच रहेको भनिएको सम्बन्धको हल्लाले झन बल पाएको छ ।

भारतीय सञ्चारमाध्यमले त यी दुई अब बिहे गर्ने तयारी रहेकोसमेत बताएका छन् । जे होस यसअघि मलाईको घरबाट राती फर्किँदै गर्दा अर्जुन पक्राउसमेत परेका थिए । सो घटनापछि यो सम्बन्धले चर्चा पाएको हो ।

बलिउडमा रिलेसनसिप बन्ने र भत्किेक्रम चलिरहन्छ । हेर्न बाँकी छ यो हल्ला कहाँसम्म साँचो हुन्छ । उमेरका हिसाबले भने यो बिहे अनमेल नै हुनेछ । अर्जुन करिब ३० वर्षको हाराहारीमा पुगेका छन् भने मलाइका ४५ वर्षकी भइन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्