Logo

मौलिक तीजगीतका सर्जक हरि बिष्ट सम्मानित



काठमाडौ । सहयात्रा नेपालले नेपाली लोक संगीत क्षेत्रमा क्रियाशील सर्जक हरि बिष्ट सम्मान गरेको छ । काठमाडौंमा बिहीबार एक कार्यक्रमकाबीच उनलाई सम्मान गरिएको हो ।

राष्ट्रिय नाचघर, जमलमा मौलिक श्रष्टा तथा उत्कृष्ट सात तीज सृजना मध्य “माइतिको आस” तिज गितबाट सर्जक बिष्टलाई ढाका टोपी तथा दोसल्ला ओढाएर नगद पुरस्कारसँगै प्रमाणपत्रले  वरिष्ठ सर्जकले नारायण रायमाझीले सम्मान गरिएको हो ।

यस वर्ष बजारमा आएका उत्कृष्ट सात तीजगीतका सर्जकमा परेका बिष्टसँगै गायिका हरिदेवी कोइराला, शर्मीला गुरुङ, लक्ष्मी न्यौपाने, बिष्णु माझी, बिमाकुमारी दुरा र रिता थापा पुरस्कृत तथा सम्मानित भएका छन ।

त्यस्तै सहयात्रा नेपालको आयोजना भएको मौलिक तीजगीत प्रतियोगितामा रास्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती लाजिमपाटले पहिलो स्थान हासिल गरेको छ ।

सास्कृतिक सस्थान रास्ट्रीय नाच घर सह-आयोजक रहेको उक्त मौलिक तीजगीत प्रतियोगितामा रास्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, ललितपुर समन्वय समिती दोस्रो र अनामनगर समिती तेस्रो भएको छ ।
सम्बन्धित शीर्षकहरु

सहयात्रा नेपाल, काठमाडौकी अध्यक्ष मिना बज्राचार्यको सभापतित्वमा एवम् भूमि व्यवस्थापन, गरिबी निवारण तथा सहकारी मन्त्री पद्ममा अर्यालको प्रमुख आतिथ्यमा सप्पन्न प्रतियोगितामा प्रथम हुनेले ३३ हजार तीन सय ३३ सय रुपैयाँ प्राप्त गरेका हुन ।

त्यस्तै फोस्रो हुनेले २२ हजार दुई सय २२ र तेस्रो हुनेले ११ हजार एकसय रुपैयाँ सहित मेड्ल प्राप्त गरेका छन । प्रस्तोता एवम् गायिका शितल शर्माले कार्यक्रम संचालन गरेकी थिईन ।



प्रतिक्रिया दिनुहोस्