Logo

चीनसँगको व्यापार विवाद सामाधानको वार्ता जारीः ह्वाइट हाउस



काठमाडौँ । चीनसँगको व्यापार सम्वन्धी विवाद अन्त्य गर्नका लागि दुई पक्षीय वार्ता जारी रहेको शुक्रबार अमेरिकाले जनाएका छन।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले चीनको व्यापार नीतिका बारेमा दुई पक्षीय वार्तामा छलफल भइरहेकोबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन।

ह्वाईट हाउसका आर्थिक सल्लाहकार लारी कुडलोले शुक्रबार दिएको जानकारी अनुसार वार्ता सकारात्मक रूपमा अगाडी बढिरहेको छ र आशा गर्ने ठाउँ देखिएको छ ।

“हामी लगातार छलफलमा छौँ, चीनले आफै समस्याको समाधान दिनेछ, अव यो भन्द समस्या हुनेछैन,” उनले बताएका छन। एजेन्सी



प्रतिक्रिया दिनुहोस्