Logo

महतको दाबी : जनता अहिलेपनि कांग्रेसको साथमा छन्



नेपालगञ्ज, २४ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सह–महामन्त्री डा प्रकाशशरण महतले पार्टी सङ्गठनलाई चलायमान बनाउन व्यवस्थापन पक्षमा सुधार गरिने बताएका छन् ।

आईतबार रासससँग कुरा गर्दै उनले भने,“अब पुरानो ढाँचाबाट होइन, आधुनिक र वैज्ञानिक पद्दतिबाट पार्टी सञ्चालन हुनेछ, जनता अहिले पनि काँग्रेसको साथमा छ, त्यो कुरा निर्वाचनमा पाएको मतले पुष्टि गरेको छ ।’

पुरानै पद्दतिबाटै चुनाव जितिन्छ भन्ने सोच नै प्राविधिक रुपमा चुनावमा पार्टी हारको कारण बनेको उनको दाबी छ । महतले भने,“आफूले गरेका र गर्न लागेका काम राम्रोसँग जनतालाई बुझाउन सकिएन, त्यहीनिर हामी चुक्यौँ ।”

अहिलेको सरकारले लोकतान्त्रिक चरित्र प्रस्तुत गर्न नसकेको टिप्पणी गर्दै उनले सरकार सञ्चालनकर्तामा दम्भ हाबी हँुदै गएको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्