काठमाडौँ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले नयाँ सङ्घीय संरचनाअनुसार खेलकूदलाई पनि अगाडि बढाउनका लागि ऐन परिवर्तन गर्न लागेको जानकारी गराएका छन ।
मन्त्रालयद्धारा तयार पारिएको खेलकूद ऐन–२०७५ को मस्यौदामाथि आज आयोजित छलफल कार्यक्रममा उनले खेलकूदलाई कसरी अगाडी बढाउने र के गर्दा खेल सफल हुन सक्छ त्यसैअनुसारको नीतिनियम बनाउदै जानेबारे उनले बताएका छन ।.
मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले नयाँ ऐन ल्याएर राखेपमा मन्त्रालय हाबी हुन नखोजेको बताउँदै सङ्घीय ढाँचाअनुसार जानैपर्ने आवश्यकताले नयाँ ऐन आवश्यक भएको स्पष्ट पारेका छन ।
राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले सरोकारवालासँग मस्यौदामा छलफल गरी प्राप्त राय र सुझावलाई ऐनमा समावेश गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताएका थिए ।
कार्यक्रममा राखेपका पदाधिकारी, विभिन्न राष्ट्रिय खेल सङ्घका प्रतिनिधि, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ, नेपाल खेलाडी तथा प्रशिक्षक सङ्घ, राखेप कर्मचारी सङ्घ, नेपाल ओलम्पियन सङ्घलगायतका प्रतिनिधिले ऐनको मस्यौदामाथि सुझाव दिएका थिए ।