Logo

के एलेस्टर कुकको केभिन पिटरसनसँगको सम्बन्ध सुुध्रेला ?



काठमाडौँ । इङ्ल्यान्डका ओपनर एलेस्टर कुकले पूर्वकप्तान केभिन पिटरसनसँग नबोलेको ४ वर्ष भए पनि आफूहरूको बिग्रदो सम्बन्ध सुध्रनेमा आशावादी रहेको बताएका छन्।

दक्षिण अफ्रिकामा जन्मिएका पिटरसन २०१४ को एसेस शृंखलामा लज्जास्पद हार व्यहोरेसँगै इङ्ल्यान्ड टोलीबाट बर्खास्तगीमा परेका खेलाडी हुन। अस्ट्रेलियाविरुद्धको उक्त शृंखला ५–० ले गुमाएपछि इङ्ल्यान्डले तत्कालीन कप्तान पिटरसनको खराब निर्णयका कारण टोलीले लज्जास्पद हार व्यहोर्न परेको भन्दै उनलाई टोलीबाट बर्खास्त गरेको थियो।

‘मैले २०१४ को एसेस शृंखलापछि पिटरसनसँग बोलेको छैन तर समयको गतिसँगै उनको तीतो अनुभव मेटिएको हुनुपर्छ,’ कुकले भने, ‘हामीले लामो समयसँग खेलेका छौं। तर उक्त शृंखलापछि उनका र मेरा बारेमा आएका आधारहीन खबरले हाम्रो सम्बन्धमा चिसोपना आएको थियो। जुन आजका दिनसम्म कायम छ।’

इङ्ल्यान्डबाट सर्वाधिक १ सय ६० टेस्ट खेलेका कुकले भारतविरुद्ध जारी पाँचौं टेस्ट खेलसँगै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरिसकेका छन्। उनले शुक्रबार पाँचौं टेस्टको पहिलो इनिङमा ७१ रन जोडेका थिए ।

पाँच टेस्टको शृंखला इङ्ल्यान्डले ३–१ ले जितिसकेको छ।पिटरसनले भने गत मार्चमा सबै खाले क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए।एजेन्सी



प्रतिक्रिया दिनुहोस्