Logo

प्रकाश र अञ्जलीको अभिनयमा अर्को गीत सार्वजनिक



काठमाडौं । पछिल्लो पटक रिलिज ‘बोल माया’ बोलको गीतले नेपाली साँगितिक क्षेत्रमा निकै चर्चा पायो । सामाजिक सञ्जालदेखि मिडियाहरुसम्म यो गीत र गीतमा उठाइएको विषय वस्तुले जति तारिफ पायो त्यतिकै मात्रामा यससँग जोडिएका स्रष्टा र कलाकारले पनि चर्चा पाए ।

गायक तथा मोडल प्रकाश सपुत पुनः एक पटक यो गीतबाट हिट भए मोडल अञ्जली अधिकारी अर्की बधाइकी पात्र बनिन् । यतिबेला एकसाथ भिडियो कन्टेन्टहरु बन्ने क्रम बढ्दो छ । यो बीचमा प्रकाश र अञ्जली पुनःएक साथ देखिएका छन् ।

देवि घर्ती र मनोज खड्काको स्वरमा सार्वजनिक ‘बैगुनी’ बोलको गीतमा यी दुई एकसाथ देखिँदै गर्दा सँगसँगै अभिनयमा केशव ढुङ्गाना पनि मुख्य रुपमा फिचर छन् ।

यसअघि नै ‘झुटो तिम्रो बोली’ र ‘नाच्दा नाच्दै झिल्केले’ बोलको गीती भिडियोमा देखिएका केशबले यो गीतमा बालापनकी अञ्जलीको पीताको भुमिका निभाएका छन् । २५ लाख भन्दा बढि हेरिएको उपलक्ष्यमा सोही गीतका कलाकार र दर्जनौ पत्रकारलाई सम्मान ।

https://www.youtube.com/watch?v=LD7EIwvYspE



प्रतिक्रिया दिनुहोस्