कञ्चनपुर, २६ भदौ । कञ्चनपुरकी निर्मला पन्तको हत्याको अभियोगमा पक्राउ गरेका दिलिपसिंह विष्ट साधारण तारेखमा छुटेका छन् ।
डीएनए टेष्ट नेगेटिभ आएपछि जिल्ला अदालत कञ्चनपुरले विष्टलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । प्रहरीले विष्टलाई पन्त हत्याको मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो ।
स्थानीयले मानसिक अवस्था ठीक नभएका व्यक्तिलाई अभियुक्त बनाएको भन्दै विरोध गरेका थिए । उता अनुसन्धानका लागि पक्राउ परेका रोशनी र बबिता बम दिदीबहिनी पनि आजै छुटेका छन् ।