Logo

प्रेस युनियन गुल्मीद्धारा चारजना पत्रकार सम्मानित



कौरव खत्री: गुल्मी । नेपाल प्रेस युनियन गुल्मीले पत्रकारलाई सम्मान गरेको छ । मंगलवार सदरमुकाम तम्घासमा भएको सातौ जिल्ला अधिवेशनको अवसर पारेर नेपाल प्रेस युनियन गुल्मीले विगत १५ वर्ष यता जिल्लामा रहेर निरन्तर रुपमा स्थानीय तथा राष्ट्रिय स्तरमा पत्रकारिताको क्षेत्रमा योगदान पु¥याउदै आएका क्रियाशिल एवं व्यावसायिक पत्रकारलाई सम्मान गरेको हो ।

मुसिकोट नगरपालिका २ मुसिकोट गुल्मी निवासी बरिष्ठ पत्रकार जनार्दन घिमिरेलाई युनियन गुल्मीले क्रियाशिल उत्कृष्ट पत्रकारिता पुरस्कार २०७५ बाट पत्रकार सम्मान गरेको छ ।

नेपाल प्रेस युनियन गुल्मीद्वारा स्थापना गरिएको उक्त पुरस्कार प्रत्येक तीन–तीन वर्षमा जिल्लामा क्रियाशिल पत्रकारहरु मध्येवाट छनोट गरि प्रदान गर्ने गरिन्छ । नगद र सम्मान पत्र सहित नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीद्वारा उक्त पुरस्कार प्रदान गरिएको हो ।

अधिवेशनको अवसरमा घिमिरेसँगै अन्य तीनजना पत्रकारहरु पनि सम्मानित भएका छन् । यसरी सम्मानित हुनेहरुमा पदमपाणी स्मृति पत्रकारिता पुरस्कारबाट रेडियो रेसुङ्गाका मनु सुनार र जनचेतना पत्रकारिता पुरस्कार पत्रकार हेम त्यागी (भण्डारी) लाई प्रदान गरिएको छ ।

कार्यक्रममा साहित्यिक पत्रकारिता क्षेत्रमा लामो समयसम्म योगदान पुराएको भन्दै हाम्रो पुरुषार्थका सम्पादक शशि पन्थीलाई समेत सम्मान गरिएको थियो । सोही अवसरमा प्रेस युनियनका पुर्व अध्यक्षहरु रेशम कुँवर, महेन्द्र भण्डारी, शालिक पन्थी र जितेन्द्र थापालाई समेत सम्मान युनियन गुल्मीले गरिएको थियो ।

तस्बिर–कौरव खर्ती



प्रतिक्रिया दिनुहोस्