काठमाडौं, २७ भदौ । साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा माल्दिभ्सविरुद्धको खेलमा भरत खवासको कप्तानीमा नेपाल मैदानमा उत्रिने भएको छ ।
बंगबन्धु राष्ट्रिय रंगशालामा केहीबेरपछि सुरु हुने खेलमा नेपालको सुरुवाती एघार समूह चरणको अन्तिम बंगलादेशविरुद्ध खेलाइएको खेलाडी नै मैदानमा उत्रिदैछन् । कुनै पनि खेलाडी परिवर्तन गरिएको छैन ।
तुलनात्मक रुपमा यो प्रतियोगितामा बलियो देखिएको नेपाल यो पटक भने ऐतिहासिक छलाङ मार्ने दाउँमा छ । यता, माल्दिभ्स पनि नेपाललाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यमा छ ।
नेपाल र माल्दिभ्स पछिल्लो पटक सन् २०१६ मा बंगबन्धु गोल्ड कपको सेमिफाइनलमा यही बंगबन्धु राष्ट्रिय रंगशालामा भेट भएको थियो । जुन खेलमा नेपालले माल्दिभ्सलाई ४(१ गोलअन्तरले पराजित गरेको थियो ।
नेपालले गोलकिपरमा किरण चेम्जोङ, डिफेन्डरमा आदित्य चौधरी, अनन्त तामाङ, सुमन अर्याल र दिनेश राजवंशीलाई उतार्ने भएको छ ।
त्यस्तै मिडफिल्डरहरुमा रोहित चन्द, सुजल श्रेष्ठ, निराजन खड्का र सुनिल बल छन् । यता फरवार्डमा वमल घर्ती मगर र भरत खवास मैदानमा उत्रिने भएका छन् ।
साफ च्याम्पियनसिप फुटबलको करिब २५ वर्षे इतिहासमा नेपाल फाइनलसम्म पुग्न सकेको छैन । यो पटक माल्दिभ्सलाई पराजित गर्दै सेमिफाइनलमा पुग्ने लक्ष्य बनाएको छ ।
https://www.facebook.com/newsworldBRG/videos/872669926272321/