काठमाडौं, २७ भदौ। साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा माल्दिभ्सविरुद्ध नेपालको खेल पानीसँगै परेको चट्याङका कारण रोकिएको छ ।
बंगलादेशको बंगबन्धु राष्ट्रिय रंगशालामा २८ मिनेटको खेल सकिँदा अफिसियलले खेल रोकेका हुन् । अहिलेसम्म नेपाल १ गोलले पछि परेको छ। जारी खेलको ८ औं मिनेटमा माल्दिभ्सले फ्रीकिकबाट गोल गरेको हो। खेल सुरु भएको केही समयदेखि नै पानी परिरहेको थियो ।