काठमाडौं, २८ भदौ । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको अनुसन्धानमा लापरबाही गरेको आरोपमा निलम्बनमा परेका एसपी डिल्ली विष्टसहित ३ जनाको डिएनए परीक्षणनिम्ति नमूना संकलन गरिएको छ।
निलम्बित एसपी डिल्ली विष्ट, उनका छोरा किरण विष्ट तथा भीमदत्त नगरपालिका (कञ्चनपुर)का मेयर सुरेन्द्र विष्टका भतिज आयुष विष्टको डिएनए परीक्षणका लागि नमूना संकलन गरिएको प्रहरी प्रवक्ता शैलेश कुमार क्षेत्रीले जानकारी दिए।