Logo

ओली सरकारले अदालतको आदेशलाई अपमान गर्योः महासचिव बिसी



काठमाडौं । लोक जनशक्ति पार्टीका महासचिव कर्णसिंह बिसीले प्रधानमन्त्री केपी शर्मा ओली जनता र देशको भविष्य भन्दापनि सत्ता कसरी जोगाउने भन्ने चिन्तामा डुबेको बताएका छन् ।

उनले भने,‘वर्तमान सरकारका प्रधानमन्त्री ओली ज्युउ जनताले भोगेका चिन्ता र चासोहरुलाई वास्ता गर्नुभन्दा पनि आफ्नो सत्ता, शक्ति र सम्पतिलाई कसरी जोगाउने भन्नेमा ध्याउन्न रहेको प्रष्ट छ ।’

उनले अघि थपे,‘हिजो मात्रै स्व.पोष्ट बहादुर बोगटीको चौंथो स्मृति सभामा बोल्दै देशी तथा बिदेशी शक्तिहरु सत्तालाई ताकेर प्रहार गरिरहेको भन्दै अरिङ्गाल भएर प्रतिपाद गर्न कार्यकतालाई निर्देशन दिनु भएको छ, प्रधानमन्त्री स्वयम ओली ज्युउले यसरी शान्ति अमय चयनमा आघात निर्देशन दिनुलाई कसरी हेर्ने ? हाम्रो पार्टी सरकारका राम्रा काममा साथ दिने र नराम्रा काममा बिरोध गर्ने हो, जनताको जनजीवनमा परेका समस्याहरुलाई समाधान गर्न सरकारलाई दबाब दिने हो ।’

नेकपाका पछिल्लो समयमा सर्वोच्च अदालतले रिहाई गर्न आदेश दिने र प्रहरीले अदालत कै परिसरबाट प्रकाउ गर्ने पक्रियालाई महासचिव बिसिले वर्तमान सरकारले अदालतको आदेशलाई अपमान गरेको जिकिर गरेका छन् ।

उनले भने,‘नेकपाका प्रवक्ता खड्क बहादुर बिश्वकर्मालाई देशभर डुलाउने र कसरी हुन्छ फसाउने सकिन्छ भनेर सरकार लागि रहेको छ, जुन प्रकारले अदालतले धौरौटीमा रिहा गर्ने र प्रहरीले पक्राउ गर्ने गरेको छ, यो स्वतन्त्र र सार्वभौम न्यायलयमाथिको प्रहार हो, प्रकाण्ड दलित आन्दोलनका मात्रै नभएर सिङ्गो सर्वहारा आन्दोलनका योद्धा हुन, उनलाई लागेका आरोपहरुलाई राजनीति करण बनाउनु पर्छ भन्ने मेरो माग हो ।’

प्रकाण्ड उदयपुर प्रहरीमा

नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द विप्लव पार्टीका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई राजधानी काठमाडौबाट शनिबार उदयपुर प्रहरीमा ल्याइएको छ ।

काठमाडौंबाट खड्गबहादुरलाई काठमाडौंका प्रहरीले जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाएको उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताए । खड्गबहादुरले बम विस्फोटसम्बन्धी गतिविधि गरेका कारण आज म्याद थप गरी विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाउने तयारी भएको प्रहरी उपरीक्षक राईले बताए ।

यसअघि नै आधा दर्जन सो पार्टीका नेतालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेर विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाइसकेको प्रहरीले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्