Logo

चलचित्र ‘अनुराग’को टिम प्रचार-प्रसारको लागि स्कुलमा !



काठमाडौं । असोज १२ गते प्रदर्शनमा आउदै गरेको चलचित्र अनुरागको टिम आक्रमक रुपमा प्रचारमा उत्रिएको छ । राजधानीका विभिन्न स्कुलहरुमा अनुरागको टिम पुगेको छ । ऋषि धमलाद्धारा निर्मित चलचित्र अनुराग असोज १२ गते हलहरुमा प्रदर्शनमा हुँदैछ ।

चलचित्र निर्माणको सुरुवात देखिनै चर्चामा रहेको यस चलचित्र प्रदर्शन मिति तय भएसँग चर्चा चुलिएको हो । चलचित्र हेर्नका लागि सर्वसाधारणदेखि कलाकार, नेता, मन्त्री लगायत प्रतिपष्ठत व्यक्तिहरुको पर्खाई रोचक बन्दै गएको छ ।

तीन शीर्ष नेताहरु प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत चलचित्र हेर्ने घोषणा गरिसकेका छन् ।

उनीहरुको उत्साहसँगै अन्य नेता र मन्त्रीहरु पनि चलचित्र हेर्न आतुर देखिएका छन् । मन्त्रीका पत्नी तथा महिला नेतृहरु पनि चलचित्र हेर्न इच्छुक देखिएका छन् ।

दुई वटा सन्तानकी आमा एलिजा गौतमद्धारा अभिनित भएकाले महिला नेतृहरुले प्रशंसा गर्दै चलचित्र हेर्न जाने बताएका छन् । नेतृहरु ओनसरी घर्ती, सन्ध्या पहारी, अष्टलक्ष्मी शाक्य, मिरा ध्वुजु लगायतका नेतृहरुले आफू चलचित्र अनुराग हेर्न आतुर रहेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्