Logo

हरिवंशको ‘जे भने नि हुन्छ मलाई, पैसा लाग्दैन’ सार्वजनिक



काठमाडौं ।
‘जे भने नि हुन्छ मलाई पैसा लाग्दैन
म दुःखीलाई जे गरे नि दुःख लाग्दैन ।
सत्तोसराप गरे हुन्छ धन जाँदैन,
सरापेरै क्यै भो भने दोष लाग्दैन ।।’

यी हेपिएका भावहरु हुन्, वरिष्ठ कलाकार हरिवंश आचार्यका । नेपाली हास्यव्यङ्गय क्षेत्रका बरिष्ठ अभिनेता हरिवंश आचार्य नेपाली सांगितिक बजारमा नयाँ गीतका साथमा आएका छन् । उनको ‘जे भने नि हुन्छ मलाई’ बोलको गीत भर्खरै मात्र सार्वजनिक भएको हो ।

समाजमा दबिएका तथा हेपिएका व्यक्तिका पीडा गीतले अँगालेको छ । आफ्नै शब्द र संगीत रहेको गीतमा हरिवंशले समाजको वास्तविकता झल्काएका छन् ।

गीतमा हरिवंश भन्छन्

खोजेका थे मेरो घरको छानै उडाउन
म उभेको पृथ्वी नैं खोजे गुडाउन,
कल्पना जे गरे हुन्छ दाम लाग्दैन
मनमनै मारे हुन्छ दोष लाग्दैन ।

महसञ्चारको युट्यूब च्यानलबाट सार्वजनिक गरिएको गीतमा जीवित जल्मीको संगीत एरेञ्ज रहेको छ भने म्युजिक भिडियोको निर्देशन सुदन केसीले गरेका छन् ।

गायनमा हरिवंशलाई मादलमा जीवित जल्मी, सारंगीमा हेमन्त कान्छा रसाइली, गितारमा अन्तज नकर्मी र बाँसुरीमा रवीन्द्र महर्जनले साथ दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्