Logo

आलिया भट्टले किन छोडीन सञ्जय लीला भन्सालीको साथ?



काठमाडौँ । चर्चित नायिका दीपिका पादुकोण र नायक रणवीर सिंहका साथ ३ वटा सुपरहिट फिल्म निर्माण गरीसकेका निर्देशक सञ्जय लीला भन्सालीले यस पटक भने दीपिका नभइ अभिनेत्री आलिया भट्टका साथ फिल्म निर्माण गर्ने सोच बनाउँदै आलिया कहाँ पुगे ।

तर सञ्जयको यस प्रस्तावलाई अभिनेत्री आलिया भट्टले भने अस्वीकार गरिदिएकी छिन् ।अहिले भन्सालीले आफ्नी उनै पुरानी अभिनेत्री दीपिका पादुकोणलाई उनको अब बन्ने पिरियड ड्रामा फिल्मका लागि साइन गरिसकेका छन् ।

यता आलिया भट्टले सञ्जयको फिल्ममा काम नगर्नुको कारण बनेका छन् निर्देशक तथा निर्मता करण जोहर । करण जोहरका कारण आलियाले भन्सालीको फिल्ममा काम गर्नबाट बञ्चित हुनुपर्‍यो ।

आलिया भन्सालीको फिल्ममा पनि काम गर्न चाहन्थिन् तर करण जोहरले फिल्म ‘कलंक’को घोषणा सञ्जयको फिल्मसँगै गरिदिएपछि आलिया दुविधामा परिन् ।

आफूलाई बलिउडमा स्थापित गराएका करण जोहरको फिल्मका कारण आलियाले काम गर्ने चाहाना हुँदाहुँदै पनि भन्सालीको प्रस्ताव अस्विकार गरिदिईन तसर्थ अभिनेत्री दीपिका पादुकोणनै भन्सालीको फिल्ममा काम गर्न पक्का भएको छ ।

भन्सालीले यस अघि दीपिका पादुकोण र रणविर सिंहका साथ बनाएका तीन वटै फिल्म सुपर हिट भएपछि उनको चौथो फिल्म पनि यही जोडीका कारण हिट हुने कुरामा विस्वस्त छन् ।

यता आलिया भट्ट यतिबेला दीपिकाको पूर्व प्रेमी रणवीर कपूरका साथ प्रेम सम्बन्धमा छिन् भने आलियाले दीपिकाको अहिलेका प्रेमी रणविर सिंहका साथ फिल्म ‘गली ब्वाय’ को छायांकनको काम केही दिन अघि मात्रै सकियको छ ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्