Logo

शेयर बजार दोहोरो अङ्कले वृद्धि



काठमाडौँ । धितोपत्र बजारमा पछिल्ला दिनमा उत्साहको सञ्चार भएको छ । यस साताको कारोवारको पहिलो दिन आज शेयर बजार दोहोरो अङ्कले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक ११।६९ अङ्कले वृद्धि भएर एक हजार २५६।५३ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २।६६ विन्दुले बढेर २६६।९३ विन्दुमा पुगेको छ । नेप्से परिसूचक मात्रै नभइ कारोवार रकममा समेत उल्लेख्य वृद्धि भएको स्टकले जनाएको छ । आज कूल १६६ कम्पनीको ३० लाख १६ हजार ४३९ कित्ता शेयर रु ८९ करोड ७८ लाख ९६ हजार ५०८ मूल्यमा खरिद बिक्री भएको छ ।

आज सबै उपसमूहको शेयरमा वृद्धि भएको छ । बैंकिङ १३।७१, होटल ४।३५, विकास बैंक २०।८९, जलविद्युत् ६।५४, फाइनान्स ३।११, निर्जीवन बीमा २०।१८, उत्पादन २६।५१, अन्य ०।५४, माइक्रोफाइनान्स ८।३१ र जीवन बीमा ४८।५ विन्दुले वृद्धि भएको छ ।



प्रतिक्रिया दिनुहोस्