Logo

‘परिवर्तनका लागि मानव समाज नेपाल’ सडक नाटक



काठमाडौँ । हामी एकजुट भए बन्छ देश, हराउदैन देशको स्वाभिमान, कलाकारिता, साहित्य र सामाजिक अभियान्ताको माध्यमबाट स्वच्छ समाज निर्माणमा हाम्रो अभियान भन्ने मूल नारालाई आत्मसाथ गरी स्थापना गरिएको परिवर्तनका लागि मानव समाज नेपाल नामक सामाजिक संस्थाले स्थापनाको छोटो समयमै उपत्यकाका विभिन्न ठाउँहरुमा नाटकको माध्यमबाट प्रभावकारी कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

नेपाली समाजमा भएका विकृति विसंगति, कुरितीहरुलाई नाटकमार्फत चिरफार गर्दै चेतनामुलक कार्यक्रम गर्ने उद्देश्य रहेको उक्त संस्थाले आगामी दिनमा उपत्यका बाहिरका दुर दराजका गाउँमा हने गरेका असामाजिक कार्यहरुलाई सडक नाटक तथा अन्य चेतनामुलक कार्यक्रमबाट हटाउने प्रयास गर्ने संस्थाकी उपाध्यक्ष शुर्मिला विकले जानकारी दिएकी छन् ।

हाम्रो समाजमा विद्यमान रहेका विभेद, छुवाछुत, चेलीबेटी बेचबिखन, कुप्रथा, दाईजो प्रथा, बोक्सी प्रथा,छाऊ प्रथा कमलरी प्रथा,सडक बालबालिकाको यथार्थ जीवन भोगाई,ठूला मानिने महाशयहरुको घरमा राखेका नोकरचाकरहरुको जीवन, जघन्य अपराध, शहरी ईलाकामा हुने लुटपाट, अपहरण, ट्राफिक नियमको उल्लङ्घन गर्दा हुने सम्भावित दुर्घटना लगायतका यावत समसामायिक तथा जल्दावल्दा विषयवस्तुलाई समेटेर नाटकको रूपमा चेतना फैलाउदै हिँसा र भयरहित समाज निर्माणमा सहयोग गर्ने संस्थाका सचिव लक्ष्मण कुँवरले जानकारी गराएका छन् ।

कृष्णहरी पुडासैनी अध्यक्ष रहेको उक्त टीममा शुर्मिला वि।क। लक्ष्मन कुवर, प्रयास कुमार, विश्वराम मिजार, सिर्जना नेपाली, सुन्तली खड्का, रिजन बर्देवा, रबिता नेपाली, सुजना छडियाल, दिपेश शाह, शिरीष राई, राकेश लिम्बु, श्रीकृष्ण घिमिरे, छत्र नेपाली र केशव लामिछाने लगायतका कलाकार रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्