Logo

रिफ्रेस सेन्टर निर्माण



नवलपरासी . सार्वजनिक सवारीसाधनका चालक सहचालक र यात्रुलाई लक्षित गरी पूर्वी नवलपरासीको कावासोतीमा नेपालकै नमूना रिफ्रेस सेन्टर निर्माण गरिएको छ ।

नगरपालिकामा प्रहरी प्रधान कार्यालय तथा स्थानीयको सहयोग र जिल्ला प्रहरी कार्यालय नवलपुरको पहलमा सो रिफ्रेस सेन्टर निर्माण गरिएको हो । पौने दुई बिगाहा जग्गामा फैलिएको रिफ्रेस सेन्टरमा ८०,९० जना यात्रुलाई आराम गर्ने कक्षको समेत सुविधा रहेकोे जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका इञ्चार्ज लक्ष्मण शाहीले बताPsf 5g ।

रिफ्रेस सेन्टरमा चालक, सहचालक तथा यात्रुको लागि छुट्टाछुट्टै आराम गर्ने स्थान निर्माण गरीएको छ । साथै आराम गर्ने चालक र यात्रुका लागि ट्राफिक दुर्घटना न्यूनीकरणसम्बन्धी वृत्तचित्र तथा चालकको लागि ट्राफिक सचेतना प्रदान गरिनुका साथै जाँच गरिने इञ्चार्ज शाहीले बताP।

सो रिफ्रेस सेन्टरमा २५० किलोमिटरभन्दा बढी दूरी चल्ने सवारीसाधन रोकिने गर्दछ ।



प्रतिक्रिया दिनुहोस्