Logo

यातायात क्षेत्रमा हुने वैदेशिक लगानीको सुरक्षा सरकारले लिन्छः मन्त्री महासेठ



काठमडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रमा हुने वैदेशिक लगानीको सम्पूर्ण सुरक्षा सरकारले लिने बताएका छन ।

नेपाल अटोमोबाइल एशोसिएशन नासा तथा विश्व अटोमाइल सङ्गठन एफआइएद्वारा आयोजित दुईदिने ‘विश्व अटोमोबाइल सम्मेलन’ शुभारम्भका क्रममा उनले सो कुरा बताएका हुन ।

मन्त्री महासेठले नेपालको विकासमा अन्तर्राष्ट्रिय लगानी आवश्यक भएकाले एफआइएलाई लगानी गर्न आग्रह गरेका छन । वर्तमान सरकारको ध्यान नै सडक विकास तथा विस्तारमा रहेकाले यस क्षेत्रलाई व्यवस्थित गर्दै लगिनेमा पनि उनले जोड दिए ।

छिमेकी देश चीन र भारतको सहयोगमा नेपालमा हवाई, जल तथा सडक यातायातको विकास हुँदै आएको र अब छिट्टै रेलमार्ग पनि सञ्चालनमा आउँछ भन्दै मन्त्री महासेठले नेपालमा करीब तीन लाख २० हजार भन्दा बढी यातायातका साधन सञ्चालनमा रहेको छ जानकारी गराएका थिए।

एशिया प्रशान्तका अध्यक्ष मिके नुनले विश्वको आर्थिक विकासको मेरुदण्ड यातायात नै भएकाले एफआइएले सडक यातायातका साथै पर्यटन र खेलकूद विकासलाई प्राथमिकता दिँदै आएको उनको भनाई रहेको थियो ।

नेपालका २० र २५ देशका ४० गरी ६० जनाको सहभागिता रहेको उक्त सम्मेलनमा अटोमोबाइलसँग सम्बन्धित सङ्घसङ्स्थाहरुले आ–आफ्ना धारणा प्रस्तुत गर्ने भएका छन् । नेपालका सबारी चालकका चालक अनुमतिपत्रलाई विश्वव्यापी मान्यता दिनका लागि उक्त सम्मेलनमा पहल गरिने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्