काठमाडौं । ‘नेपाल लोक आइडल २०७५’ को छनोट प्रक्रिया प्रदेश नम्बर ७ मा सम्पन्न भएको छ । सार्थक डिजिटल म्यूजिक प्रालिको आयोजना तथा जेब्रा क्रियशनको प्रस्तुति रहेको वृहत लोक आइडल २०७५ को पहिलो अडिसन प्रदेश नम्बर ७ को धनगढीमा सम्पन्न भएको हो ।
प्रदेश नम्बर ७ मा ११ जना कलाकारहरु छनोटमा परेका छन् । किस्ण आँसु, सागर वाईबा, नरेद्रराज रेग्मी निर्णायक रहेको उक्त छनोटको होस्ट सन्तोस लामा र प्रियंका भन्डारीले गरेका छन् ।
भदौ १२ र १३ गते कैलालीको धनगढीमा ‘प्री’ अडिशनमा ५ सय जनाले सहभागिता जनाएका थिए । विटिङ राउन्डमा २ सय जना छनोट भएका थिए भने अडिशन राउण्डमा ३० जना आईपुगेका थिए ।
उक्त छनोट कार्यक्रममा सहभागिको संख्या धेरै भएकाले पनि समय र लागत पनि धेरै लागेको आयोजकले जानकारी दिएको छ । छनोटमा १० जना मात्रै छान्नुपर्ने भएपनि आयोजकले ११ जनालाई संघीय राजधानी काठमाडौंसम्म उतार्ने भएको छ ।
आईडलका संयोजक जीवन पन्तले प्रदेश नम्बर ७ मा सोचेको भन्दा राम्रो सफलता प्राप्त गरेको बताएका छन् । उनले भने,‘हामीले प्रदेश नम्बर ७ मा भव्य रुपले पहिलो पाईला चालेका छौं, अब हामी कर्णाली प्रदेशको राजधानी सुर्खेतमा, जादैछौं, यहि असोज १२ र १३ गते सुर्खेत र त्यसको लगत्तै प्रदेश नम्बर ५ अन्तरगत रुपन्देहीको बुटवलमा छनोट प्रक्रिया सम्पन्न गर्ने योजनामा छौं ।’
आईडलका सम्पूर्ण दृश्यहरु डारेक्टर सुरेन्द्र दाहाल र क्यामेरा हरिस महराको टिमले खिच्दैछ । आईडलका सम्पूर्ण श्रृखलाहरु राष्ट्रिय एचडि टिभिमा प्रसारण गर्ने संयोजक पन्तले जानकारि दिएका छन् ।
पहिलो पटक सर्बाधिक धनराशी पुरस्कार रहेको टेलिभिजन ‘रियालिटी शो’ नेपाल लोक आइडल २०७५ नेपाली लोक संस्कृतिको जर्गेना, सम्बर्दधन र संरक्षण गर्ने उद्देश्यले नेपाल लोक आइडलको आयोजना गरिएको आयोजकले बताएको छ ।
‘आइडल प्रथम हुनेले ३० लाख रुपैयाँ, दोस्रो हुनेले १५ लाख र तेस्रो हुनेले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । पहिलो चरणमा प्रत्येक प्रदेशबाट १० र १० जनालाई छनोट गर्ने र ७० जनालाई राजधानीमा ल्याएर क्लास दिएर प्रतिपर्धामा उतार्ने आयोजकको तयारी रहेको छ ।