काठमाडौँ । विद्यालय कर्मचारीहरुको नाममा अर्थमन्त्रालयबाट आउने बजेट र विद्यालयमा उठाईने शुल्कमा चरम दुरुपयोग भएको भन्दै विद्यार्थी कर्मचारी संगठन नेपाल र नेपाल विद्यार्थी युनियन सयुक्त आन्दोलनमा उत्रिएका छन ।
सर्वाेच्व अदालतबाट भएका मुद्याको फैसला र विधीको सासनको पालना नभएको भन्दै आन्दोलनका बाटो रोज्न बाध्य भएको विद्यालय कर्मचारी संगठनले बताएका छन । आजिवन काम गरेका कर्मचारीहरुलाई बिभीन्न बाहानामा निष्कासन गरिरहेको कर्मचारी सहयोगीलाई वर्गीकरणको आधारमा मासिक तलव दिदै आएकोकारण आन्दोलनको अर्काे बिकल्प नरहेको प्रेस विज्ञप्तीमा जनाईएको छ ।
एउटै छानामुनि रहने शिक्षकले पुरा तलव पाउने तथा कर्मचारीसंग भने बिभेद हुने गरेका कारण स–सुविधा सहितको सेवा पाउनुपर्ने माग गरिएको छ । अस्पतालहरुमा शिक्षक तथा कर्मचारीहरुले पनि सेवा सुविधा पाउनुपर्ने जस्ता मागहरु राखिएका छन ।विद्यालय कर्मचारीहरुलाई दरवन्दीमा समायोजन पदस्थापना गरिनुपर्ने पनि संगठनहरुको सयुक्त माग रहेको छ ।
आठौ शिक्षा ऐन कार्यान्वयन गराउनु पर्ने, विधीको शासनको कार्वान्वयन हुनुपर्ने, शिक्षक सरहकै तलव पाउनुपर्ने जस्ता मुख्य मागहरु रहेको जनाईएको छ । संगठनले २८ वर्षदेखि गर्दे आएका सहमतिहरुको मार्ग हेर्दे बिभीन्न बाहानामा अभिभावकसंग लिईने अतिरिक्त शुल्क लिन बन्द गरिनुपर्ने बारेपनि सम्बोधन गरिनुपर्ने बताईएको छ ।
केहि दिन अगाडी संसदमा संघीय शिक्षा ऐन, आठौँ संशोधन शिक्षा ऐनको विपरित भएकाले पूर्ण रुपमा संशोधन गरिनुपर्ने माग राखिएको विद्यालय कर्मचारी संगठन नेपालका सह–संयोजक रतन बहादुर सिंहले बताएका छन । राज्य कोषबाट तलव भत्ता खानेहरु सबैले अस्पतालको सेवा सुविधा पाउने तर शिक्षक कर्मचारीहरुले नपानेबारे राज्यको ध्यानाकर्षण हुनुपर्ने उनले जनाएका छन ।
शिक्षामा हाम्रो भन्ने परिपाटिको अन्त्य गरि राम्रोलाई अवशर दिनुपर्ने तथा शिक्षा क्षेत्र भित्रका सम्पुर्ण बिसंगति र विकृतिको बिरुद्य आफुहरुको आन्दोलनको एजेन्डा रहेको नेपाल विद्यार्थे कर्मचारी युनियनका संयोजक सुरेन्द्र प्रसाद शाह कानूको भनाई रहेको छ । आजको वैज्ञानिक युग अनुसार दक्षकर्मचारी बनाउन तालिमको ब्यवस्था गर्दे आठौ शिक्षा ऐनले बोलेका निश्ल्क शिक्षा कार्यान्वयनको लागि आन्दोलन जारी रहने उनले बताएका छन ।
े