Logo

कृषिमन्त्रीले सुनाए आफ्नो ६ महिने कार्यकालको प्रगति



काठमाडौं, २ असोज । कृषि तथा पशुपंक्षी मन्त्रालयमा किसान पेन्सन योजना अलपत्र परेको छ। कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणि खनालले किसान पेन्सन योजना अघि बढाउन नसकिएको स्विकार गरेसँगै सो योजना अलपत्र परेको हो।

मंगलबार आफ्नो मन्त्रालयको ६ महिनाका मुख्यमुख्य उपलब्धिबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो योजना अघि बढाउन आफू एक्लैले नसक्ने उल्लेख गर्दै त्यसका लागि प्रधानमन्त्री केपी ओली र अर्थ मन्त्री डा. युवराज खतिवडासँग आवश्यक छलफल गर्ने पनि बताए।

हरिबोल गजुरेल कृषिमन्त्री हुँदा यो योजना अघि सारिएको थियो । मन्त्री खनालले सो योजना अघि बढाउन राष्ट्रिय किसान आयोगलाई जिम्मेवारी दिइएको पनि बताए। प्रधानमन्त्रीकै तहबाट निर्णय नभई किसान पेन्सन योजना अघि बढाउन नसकिने मन्त्री खनालको स्पष्टिकरण छ।

मन्त्री खनालले ६ महिनाको अवधिमा मन्त्रालयले खाद्य स्वच्छता, कृषि व्यवसाय प्रवद्र्धन, विउविजन ऐनलगायतका एक दर्जनबढि कानुन निर्माणको काम सम्पन्न गरिएको पनि जानकारी दिए ।

तस्बिर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्