काठमाडौ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष चन्द्र शार्माले नेपाली गीत सांगीत क्षेत्रमा निरन्तरता र परिस्कृत हुन जरुरी रहेको बताएका छन ।
गायिका प्रीती आले र विजय बिरोनो अधिकारीको स्वर रहेको दशै तिहार आउँछ, प्रदेशीको मन रुवाउछ बोलको दशै तिहार गीत सार्वजनिकरण कार्यक्रममा उनले यस्तो बताएका हुन ।
राजधानीको अनामनगर स्थित सम्वाद डवलीमा एक कार्यक्रममा उनले भने, नेपाली गीत सगीतको प्याटुन चेन्ज गर्नुपर्ने जस्तो लाग्छ, सधैं दुख, बेदना मात्रै होइन, रमाईला र सन्देश मुकल गीत बनाउनुपर्छ गीतमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका महासचिव सुवास केसिको निर्देशन रहेको छ ।
रोजगारको सिलसिलामा प्रदेशिएका नेपालीहरु जीवन भोगाईहरु समेटिएको गीतमा लोकप्रिय मोडल दीपाशा बिसि र महासचिव सुवास केसिको फिचरिङ्ग रहेको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष चन्द्र शार्माको प्रमुख आथित्यमा सम्पन्न गीत बिमोचन कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका प्रथम उपाध्यक्ष रामजी खाड, राप्ती समाजका अध्यक्ष शशी शर्मा मजगैया पत्रकार गोबिन्द केसि, राजु बोहरा, धनराज वास्तविक,महेश भण्डारी, प्रकाश बराईली लगायत पत्रकारको उपस्थिति रहेको थियो ।तस्वीरः धनराज वास्तविक