काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधीवक्ता जेफ सेसनबिरुद्ध फेरि आक्रोस पोखेका छन । .उनले आफुले सहयोग गर्ने महान्यायाधीवक्ता नपाएको बताएका छन ।
हील टेलिभिजनलाई दिएको एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आफू जेसनको कार्यबाट ज्यादै दुःखित भएको बताएका छन । अमेरिकाको गत राष्ट्रपतीय चुनावमा रुसीहरुको संलग्नता सम्बन्धी एक अनुसन्धानबाट सेसनले आफूलाई अलग राखेकामा ट्रम्पले पटकपटक आक्रोस पोख्दै आएका छन।
सीमा समेतका धेरैवटा मुद्दामा जेफ सेसनको कार्यसम्पादन आफूलाई चित्त नबुझेको पनि ट्रम्पले बताएका थिए। उनले सेसनका सम्बन्धमा भविष्यमा के गर्ने भन्ने अझै टुङ्गो नलागेको पनि जानकारी गराए।
ट्रम्पका सल्लाहकारहरुले सेसनलाई कम्तीमा यही नोभेम्बरमा हुने मध्यावधी चुनावसम्म हटाउन नहुने सल्लाह दिएको बताइन्छ ।