Logo

नगरपालिका कार्यालयमै मेयरले हेर्छन शिक्षकको हाजिरी



काठमाडौं ६ असोज । भदौ १ गते खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको एक विद्यालयमा तीन शिक्षक अनुपस्थित भए । नगरपालिकाबाटै निगरनी हुने गरी जडान गरिएको ई हाजीरीका माध्यमबाट विद्यालयमा एकैसाथ तीन शिक्षक अनुपस्थित देखिएपछि मेयर दिपनारायण रिजलले तत्काल फोन गरेर शिक्षकको अनुपस्थितिबारे सोधखोज गरे ।

तर विद्यालयका प्रधानाध्यापकबाट कोही पनि शिक्षक बिदामा नबसेको जवाफ आयो । मेयर रिजालले नामै उल्लेख गरेर तीन शिक्षक अनुपस्थित रहेको देखिएको बताएपछि भने ती शिक्षक विद्यालयमा नआएको पुष्टि भयो । आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।

विद्यालयलयमा शिक्षकको उपस्थितिलाई नियमित गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपलिकाले अनलइनमार्फत शिक्षकको ई हाजीरी ट्रयाकिङ सुरु गरेपछि विद्यालय अए नआएको थाहा पाउन सहज भएको छ ।



प्रतिक्रिया दिनुहोस्