Logo

पोर्न साइटमाथि प्रतिबन्ध, अश्लिल सामग्री ब्लक गरिने



काठमाडौं । सरकारले पोर्न साइटमाथि प्रतिबन्ध लगाउने तयारी थालेको छ । दूरसञ्चार प्राधिकरण नियामक निकाय हो । मुलुकी अपराध संहिता २०७४ को दफा १२१ तथा अन्य प्रचलित कानुनले यौनजन्य अश्लिल सामग्रीहरुको आदान–प्रदान, प्रकाशन तथा प्रसारणलाई बन्देज लगाएको जानकारी दिदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाइ रोक लगाउन निर्देशन दिएको हो ।

‘समाजिक सञ्जाल र वेबसाइटमा मोनेटाइज गरेर राखिएका अश्लिल सामग्री पनि हटाउन निर्देशन दिईएको ढकालले जानकारी दिए ।इन्टरनेटमार्फत यौनजन्य अश्लिल सामग्रीमा सहज पहुँचले गर्दा समाजको मूल्य मान्यता र समाजिक सद्भावमा खलल पुगेको भन्दै यसले समाजमा यौनजन्य हिंसा र विकृति सिर्जना गर्न प्रेरित गरेको ठहर मन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

अश्लिल सामग्रीको इन्टरनेटका माध्यमबाट उत्पादन नगर्न दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक संस्थाहरु र सामाजिक सञ्जाल सञ्चालक एवं प्रयोगकर्तामा समेत मन्त्रालयले अपील गरेको छ ।



प्रतिक्रिया दिनुहोस्