काठमाडौं । नेपाली चलचित्र जगतमा एक दशक बढि समयदेखि सक्रिय नायक हुन आयूष रिजाल । प्रदेश ३ को धादिङमा जन्मेका लोकप्रिय नायक रिजाल मिजासिला र सरल व्यक्तित्वका धनी भनेर चिन्ने गरिन्छ ।
कमर्रियल तथा याक्शन हिरोको पहिचान बनाउ सफल नायक रिजालले नेपाली र भोजपुरी गरि करिब ४ दर्जन चलचित्रमा अभिनय गरिसकेका छन् ।
रेखा फिल्मसबाट प्रदर्शनमा आएको चलचित्र ‘हिफाजत’ बाट चलचित्र जगतमा प्रवेश गरेका नायक रिजालले संस्कृत विषयमा स्नाकोत्तरसम्मको अध्ययन गरेका छन् ।
लोकप्रिय नायिका रेखा थापालाई आफ्नो प्रगतीको श्रेय दिने नायक रिजाल राष्ट्र र राष्ट्रियताको विषयमा चिन्ता र चासो गर्ने व्यक्ति हुन । देश दुख्दा उनी ज्यादा दुख्ने गरेको सुनाउछन् ।
‘अरु सब फेर्न सकिन्छ, तर छिमेकि बद्ल्न सकिदैन’ भन्ने कुरालाई उल्लेख गर्दै नेपालले विदेश नीतिमा परिपक्वता देखाउनु पर्ने सुझाव दिन्छन् ।
उनी भन्छन्,‘हाम्रो विदेश नीति सफा, बलियो, स्थीर पारदर्शी हुनुपर्छ, हामीले फालेको सत्ता र हाल प्राप्त गरेको सत्तामा विभिन्नता देखिनुपर्छ, पुरानो र नयाँमा कुनै फकर हुँदैन भने जनताले त्यसको रिजल्ट दिन्छन्, दिनुपर्छ ।’
नेपाली पछि भोजपुरी यात्रा
नेपाली चलचित्रमा जम्न सफल नायक रिजालको बडि र लुक्सलाई भारतीय फिल्म बजारले तानेपछि उनी झनै व्यस्त बन्न पुगे । अहिले एकहातमा नेपाली चलचित्र छ भने अर्को हातमा भोजपुरी चलचित्र छ ।
कलाको कुनै भूगोल हुँदैन नहुने बताउँदै नायक रिजालले भने, ‘२०७२ सालको अघोषित नाका बन्दी र त्यसपछिको अस्थिर राज्य व्यबस्थाले भारतीय र नेपाली कलाकारबीचमा सामान्य उतारचढाव आएको पक्का हो, कलाको कुनै देश र भेष हुँदैन, कला मानव जातिको हुन्छ, समग्र जगतको लागि हुन्छ ।
साहित्य, संगीत र कला मानव सभ्यता र समग्रताको प्रतिक हो, विश्व मानवको भावना जोड्ने सेतु हो, त्यसैले छिमेकी देशसँग फेरी सम्बन्ध सुधार भयो । हामी फेरी जोडियौ । कलालाई राजनीतिक भन्दा पर राखेर हेरिनुपर्छ ।’
आयूष अभिनित चलचित्र ‘ब्लाक’ गत भदौ १ गतेदेखि प्रदर्शन भएको थियो । त्यसपछि नेपालीसँगै भोजपुरी फिल्ममा अनुबन्धि भएर काम गरिरहेका छन् । नेपाली चलचित्र ‘विश्वनाथ काका’ र भोजपुरी फिल्म ‘शेर ए हिन्दुस्तान’को छायांकनमा व्यस्त नायक रिजाल भोजपुरी फिल्मले नेपाली पर्यटन र आर्थिक क्षेत्रको विकासमा टेवा पुग्ने बताउछन् ।’
अर्का चर्चित नायक विराज भट्ट पछि भोजपुरी फिल्ममा जम्न सफल नायक हुन रिजाल । रिजाल सन् २०१३ देखि भोजपुरी फिल्ममा निरन्तर काम पाउने हिरो पनि हुन ।
तस्बिर–नायक आयूष रिजालको फेशबुकबाट साभार