काठमाडौ । जिल्लाको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ५ स्थित डाडा गाउँमा मानव निर्मित झर्नाको उद्घाटन गरिएको छ ।
पर्यटन व्याबसायी भोला विक्रम थाको प्रमुख आतिथ्य तथा रास्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठनका तथा नि:वर्तमान अध्यक्ष चन्द्र शर्माको विशिष्ठ आतिथ्यमा डाडा गाउँ जङ्गल रिसोर्टले निर्माण गरेको उक्त मानव निर्मित झर्नाको उद्घाटन गरिएको हो ।
पारिवारिक वातावरण,स्वच्छ हावापानी, टिपिकल खानाका परिकारसङ्गै झर्नाको अवलोकन गर्न सकिने जानकारी दिदै संचालक बर्देवाले भने,”यस्तो किसिमको सेवा लिन चाहनेहरुको हितलाई मध्यनजर गरेर रिसोर्ट र झर्ना संचालन गरेका छौँ, बिहे पार्टी, पिकनिक जस्ता सामाजिक कामको लागि पनि हामीलाई सम्झिन सक्नु हुनेछ ।”
डाडा गाउँ जङ्गल रिसोर्टका संचालक गोपाल बर्देवाको अध्यक्षमा सम्पन्न झर्ना उद्घाटन कार्यक्रममा पत्रकार तथा ख्याती प्राप्त कलाकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा लोकप्रिय गायिका सुनितामी परियार, टीका लामिछाने मगर, यज्ञ बिकलगायतले साङ्गितिक प्रस्तुति राखेका थिए ।