Logo

एउटा यस्तो जेल जहाँ कैदी नै छैनन !



काठमाडौँ । प्रायः संसारमा रहेका जेलहरु कैदीले भरिएका हुन्छन । संसारमा हत्या,हिन्साका घटनाहरु दिनानुदिन बढिरहेका छन । जेलमा रहेका कैदीहरुको संख्या बढ्दै गैरहेको छ । अपराघको संसारमा नयाँ–नयाँ कैदि बन्दीहरु थपिदै गैरहेका छन ।

संसारमा त्यस्तापनि जेलहरु रहेकाछन जहाँ कैदी पाँचतारे होटेलको जस्तै सुविधा सम्पन्न रहेका छन । तर सबै देशका समान जेलहरुको अवस्था नरहेका कारण जेलको व्यवस्थापन दिनानुदिन खस्किँदै गैरहेको जनाईएको छ । यो संसारमा चलिआएको रित जस्तै भएको छ जो अमेरिका, भारत, बेलायत र चीन जस्ता बिश्वका धनि देशहरुमा पनि कुनै न कुनै जेलको अवस्था उचित संख्याभन्दा बढी कैदीहरु कोचिएर बस्न बाध्य रहेका छन । अमेरिकामा त संसारकै सबैभन्दा बढी कैदीहरु जेलमा कोचिएको भन्दै द इकोनमिस्ट पत्रिकाले २०१५ ताका कभर स्टोरी नै बनाएको जानकारी सायद तपाईलाई ताजैहोला।

जेलको व्यवस्थापनका लागि अमेरिकाले उचित लगानी गर्न नसकेको भन्दै पत्रिकाले आलोचना गरिरहेको छ । बिबिसीको एउटा आलेखअनुसार भारतीय जेलमा साढे तीन लाख कैदी राख्न सक्न सक्ने अवस्था रहेको बताएको छ तर चार पच्चिस हजारभन्दा बढी कैदी कोचियर बस्न बाध्य रहेका छन ।

भनाइको अर्थ जेलको क्षमताभन्दा ११४ प्रतिशत बढी कैदीहरु जेलमा ठँुसिएका छन् । भारतका दादर र नागरजस्ता ठाउँमा क्षमताको तुलनामा २७७ प्रतिशत र माओवादी आन्दोलनका कारण छत्तीस गढ राज्यका जेलमा ३२४ प्रतिशत कैदीहरु जेनतेन सजाय काटीरहेका छन।

तर संसारमा त्यस्तापनि देशहरु छन कहि प्रहरी छैनन त कहि जेल । संसारमा जेलमा बस्न समस्याका खवर आईरहदा नेदरल्यान्डमा भने जेलहरु खाली रहेका छन् । प्रहरी र अदालतका कारण यति कम कैदी जेलमा छिरिरहेका छन् कि केही वर्षयता त १९ वटाभन्दा बढी जेललाई बन्द गर्नुपर्ने अवस्था आएको थियो । त्यहाँको गृहमन्त्रालयको आँकलनअनुसार आउँदा वर्षहरुमा अझै केही जेलहरु बन्द हुने सम्भावना बढ्दै गैरहेको छ ।

एक दसकसम्म अवस्था यस्तो थिएन । नेदरल्यान्डका जेलमा पनि ठूलो संख्यामा कैदी थिए र जेल जानेहरुको संख्या तुलनात्मक अध्ययन गर्दा युरोपभरिमा सबैभन्दा बढी जेल जानेहरुमा उनीहरु नै थिए । यतिबेला भने प्रति एक लाख व्यक्तिमध्ये ५७ जना मात्र जेलमा छन् । तुलना गरी हेर्दा बेलायत र वेल्सको तुलनामा यो निकै कम हो । बेलायतभरिमा एक लाख जनसंख्यामध्ये १४८ जनाले जेलको हावा खाई रहेका छन् ।

जेलमा आउने कैदि बन्दीहरु धट्नुुको प्रमुख कारण कुनै चमत्कार नभएर नेदरल्यान्ड सरकारको अपराध सम्बन्धी शिक्षामा नै जोड रहेको जनाइएको छ । सरकारका तर्फबाट चालीएका प्रयासले नै गर्दा भएको अनुमान पनि लगाने गरिन्छ ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्