काठमाडौं । नेपालका सिंगल थिएटर हलमा अशोज ५ गते शुक्रबार देखि प्रदर्शनमा आएको चलचित्र धूम ३ अधिकांश हलहरुमा हाउसफुल भएको छ ।
शुक्रबार एकै दिनमा तीन वटा चलचित्र प्रदर्शनमा आए पनि एउटा चलचित्र शुक्रबार हलबाट उत्रि सकेको छ भने धूम ३ सँगै अर्को चलचित्र ईन्टु मिन्टु लण्डनमा धौ धौ तरिकाले प्रतिस्पर्धामा देखिएपछि यो चलचित्र बम्पर देखिएको हो ।
चलचित्र धूम ३ का नायक, निर्माता तथा निर्देशक आफैं उपत्यकाका प्राय जसो हलमा पुगेका देखिन्थे भने हरेक हलमा उनीसँग सेल्फी लिनेहरुको भिड देखिन्थ्यो । बालाजुको अस्ट नारायण हल बाहिरको सडक जाम हुदा भिड व्यवस्थापन गर्न प्रहरीलाई समेत हम्मे हम्मे परेको थियो ।
जय किशन बस्नेत प्रतिको दर्शक क्रेज देखेर अन्य निर्माताहरु पनि चकित देखिन्थे । जय किशन बस्नेत दर्शकले रुचाएका अभिनेता भएता पनि उनको जोडी बनेर नायिका एलिना रायमाझी पहिलो पटक पर्दामा देखिएकी भएता पनि दर्शकले रुचाएका छन् । दर्शकहरुको यही भिड बढ्दै जाने हो भने धूम ३ ले अझै राम्रो व्यापार गर्ने छनक दुई दिनको स्थितीले देखाएको छ ।
शुक्रबार देखि नै धूम ३ नराम्रो चलचित्र भएको भन्दै एकथरी निर्माता र वितरकहरुले हल्ला फैलाएका थिए । बाँध मायाले र ईन्टु मिन्टु लण्डनमाले बम्पर व्यापार गर्ने उनीहरुको हल्ला बाँध मायाले त्यही दिन हलबाट उत्रिएपछि र अधिकांश दर्शकहरुले हल हलमा धूम ३ को टिकट माग गरे पछि झुट सावित भएको थियो ।
यसैबीच शनिबार अष्ट नारायण हलमा ईन्टु मिन्टु लण्डनमका नायक र नायिका ठुलै तयारीका साथ गाडी लिएर पुगेकोमा त्यहाँका दर्शकहरुले जय कशिन हाई हाई गरेको आवाज सुन्ना साथ गाडीबाटै नझरी हिडेको देख्दा सबैजना छक्क पर्ने वातावरण बनाएको थियो ।