Logo

सैन्य परेडमा आक्रमण गर्ने जिहादी पृथकतावादीहरु



काठमाडौँ । इरानमा सैन्य कवाज परेडमा गत शनिबार भएको आक्रमणमा जिहादी पृथकतावादीको हात रहेको इरानको गृह मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । इरानको दक्षिणपश्चिम शहर आभाजमा एक सैन्य परेडमा यो आक्रमण भएको थियो ।

खुजेस्तान प्रान्तमा सैन्य परेड भइरहेका स्थलमा एक्कासी आतङ्कवादीहरूले गोली चलाउँदा कवाज हेरिरहेका महिला, बालबालिकासमेत गरी २४ जनाको मृत्यु भएको थियो ।

घटनामा ५३ जना घाइते भएका थिए । यस परेडमा आक्रमण गर्ने केही जिहादी पृथकतावादीको परिचय खुलेको गृह मन्त्रालयले जानकारी दिएको छ । यस आक्रमणमा सहभागी रहेका आरोपमा २२ जना पक्राउ परिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्