Logo

गोसाइँकुण्डमा जन्मीएका पाराङ्वा लामाको एकचर्चा



काठमाडौं । संघीय राजधानीको नजिकै रहेको रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका ५ स्थित स्याफ्रुमा जन्मेका लोक पप तथा सेलो गायक पाराङ्वा लामा तामाङ सानै उमेरदेखी गायन क्षेत्रमा सक्रियताका साथ लागि परेका गायक हुन ।

उनले स्कुलको प्रोग्रामदेखि सुरु गर्नुभएको कलाको यात्रालाई देशको रसुवा, नुवाकोट, काठमाडौं, धुलिखेल लगाएत थुप्रै स्थानहरुमा आफ्नो प्रतिभा प्रस्तुत गर्दै आएका छन् ।

सानै उमेर देखी सफल गायकको सपना लिएर यस क्षेत्रमा संघर्ष गरिरहेको बताउछन् । उनले आफ्नै शब्द संगीतमा लोक पप र सेलो गीत रेकर्ड गराइ सकेका छन् ।

उनको गीतहरू पनि रेकर्डको तयारीमा छन् । उनको कलाकारीता क्षेत्र बाहेक थुप्रै संघसस्थाहरुमा आवद्ध भएर थुप्रै सामाजसेवाको कामहरु पनि गर्दै आइरहेको बताए ।

हाल रसुवा आपाङ्ग पुनर्स्थापना केन्द्रको उपाध्यक्ष हुन । रसुवाको गीतसंगीतलाई संरक्षण गर्छु भनि दावा फिन्जो तामाङको अध्यक्षतामा गठित राष्ट्रिय संगीतकर्मी संघ रसुवाको सदस्य भएको कुरा गायक पाराङ्वाले बताउछन् ।

आफ्नो कदमलाई अगाडि बढनलाई साथ् र माया गर्नुहुने सम्पुर्णलाई यस अनलाईन मर्मत धेरैधेरै धन्यवाद दिन चाहेको बताए । उनी यस क्षेत्रमा लागेको १७ बर्षा बितिसकेको छ ।

सबैभन्दा धेरै खुसीको क्षण पहिलोपटक धुलिखेलमा थुप्रै दर्शकहरु सामु स्टेजमा गीत गाउदा थुप्रै दर्शकस्रोतले ताली बजाइ सङगसङै गीतको तालमा नाचेको र काभ्रेको विभिन्न मिडियाले आफ्नो कलाको सम्मान गर्दै अन्तरबार्ता लिएको पललाई सम्झन्छु उनले भने दुस्खको पलमा आफ्नै ठाँउको साथिभाई र मिडियाहरुले साथ नदिदा दुःख लागेको छ ।



प्रतिक्रिया दिनुहोस्