Logo

युवाको भूमिका पार्टीमा प्रभावकारी बन्नुपर्छः भण्डारी



पोखरा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले पार्टीमा युवाको भूमिका प्रभावकारी हुनुपर्ने बताएका छन ।

पोखरामा आज पत्रकारसँगको भेटमा उनले पार्टी नेतृत्वमा युवाको प्रतिनिधित्व भए पनि अपेक्षित रूपमा भूमिका प्रभावकारी हुननसकेको बताउँदै आन्तरिक गुटउपगुटभन्दा पनि पार्टी तथा जनताको हितलाई आत्मसात गनुपर्ने धारणा राखेका छन ।

राज्यमा दिनानुदिन हत्या हिंसा, बलात्कारजन्य घटना बढिरहेको बताउँदै उनले यसको नियन्त्रण अपरिहार्य भएको उल्लेख गरेका छन । अनुसन्धानका नाममा निर्दोष व्यक्ति पक्राउ पर्नु गम्भीर चिन्ताको विषय भएको उनले उल्लेख गरे । सङ्घीयता कार्ययोजनाबिहीन तवरले अघि बढ्दा यसको कार्यान्वयनमा जटिलता थपिदै गएको नेता भण्डारीको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्