काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको १७औं साधारणसभा तथा सम्मान कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले जानकारी दिएका छन् ।
प्रतिष्ठानको १७औं साधारणसभा यहि असोज १३ र १४ मा स्याङ्जाको वालिङ्मा हुदैछ । अध्यक्ष पंगेनीले भने,‘नेपाली लोक संस्कृतिको विकास, संरक्षण र सम्वर्दधनको लागि स्थापना भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्थान नेपालको यस बर्षको साधारणसभा स्याङ्जामा गर्ने भएका छौं ।’
अनले अघि थपे,‘साधारणसभामा बर्ष भरिको कार्य विवरण, आर्थिक विवरण तथा आगामी बर्षको भावि कार्ययोजनाको विषयमा छलफल हुनेछ ।’
राजधानीबाट प्रतिष्ठानको साधारण सभाको लागि निक्कै टाढा पुग्नुको कारण के हो नि भनेर सोधेको प्रश्नको जवाफमा अध्यक्ष पंगेनीले भने,‘हामीले यसभन्दा पहिले पनि संघीय राजधानीलाई निक्कै प्राथमिकतामा राखेका थिएनौं, भोलिका दिनमा पनि राखिनु हुँदैन भन्नेमा हामी सचेत छौं, मुलुक संघीय संरचनामा अभ्यास गरिरहेको हुँदा हाम्रो गौरवमय संस्थाका भव्य कार्यक्रमहरु राजधानी बाहिर गरिनुपर्ने अरु कुनै कारण हुनुपरेन।’
उनले अघि थपे,‘हामीले सुर्खेतमा महाधिवेशन सम्पन्न गरेका छौं, नवलपरासिमा साधारण सभा सम्पन्न गरेका छौं, अहिलेको १७औं साधारण सभा स्याङ्जाको वालिङमा गर्दैछौं, अर्को कुरा हाम्रो प्रतिष्ठान र सिंगो लोक तथा दोहोरी गीतको क्षेत्रमा स्याङ्जाका सर्जकहरुको, गायकहरुको जन्मभूमि पनि हो, सम्मान पनि हुने कार्यक्रमपनि हुने, आर्थिक पाटोलाई समाल्न सक्ने स्थिति भएको कारण स्याङ्जा रोजेका हौं ।’
‘हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण, श्रष्ठाको सम्मान, नव प्रतिभाको प्रोत्साहन’ भन्ने मुलनाराका साथ प्रतिष्ठानको १७औं साधारण सभा एवम् सम्मान कार्यक्रम गण्डकी प्रदेशको स्याङ्जामा २ दिनसम्म चल्ने आयोजकले जानकारी दिएको छ ।