काठमाडौँ । तपाईले आजसम्म कनैपनि हजामको महङगा गाडीको बारेमा सुनेको वा देखेको छैन होला । तर छिमेकी भारतका रमेश बाबु पहिला यस्तो नाम र कामदे चिनीने गरेका छन जोसंग आफ्नै रोल्स राँयन्स कार रहेको छ तर उनि ब्यवसायले हजाम रहेका छन ।
त्यतिमात्र काहाँ हो र ? उनको साथमा महङगा गाडीको कलेक्सन नै रहेको छ । हजामको पेषाबाटै आफ्नो भाग्यको ढोका खोलेका रमेश बाबुले आफ्नो बाल्यकालमा कम संघर्ष गर्नु परेन । उनको बाल्यकाल साधारण गरिव वरिवारमा भएको थियो । उनले जिन्दगीका कयौ आरोह अवरोहहरुको सामना गर्नु परेको थियो । जिन्दगीमा केहि गरेरै देखाउनकोलागि उनले कम पसिना बगाएनन जस्ले आज उनले सपनालाई विपनामा बदल्न सफल रहेका छन । आज हामि तपाईलाई उनै रमेश बाबुको सफल्ताको कथा सुनाईरहेका छौ ।
गरिव परिवारमा जन्मेका रमेश बाब् गाँउमा आफ्नै कपाल काट्ने पसल चलाउने गर्दथे । बताई अनुसार जव रमेश सानै थिए त्यसैबेला उनका बुवाको अकस्मात मृत्यु भयो । कलकलाउदो उमेर त्यसमाथी परिवारको जिम्मेवारी दिएर बुवा ईश्वरका प्रिय बने । आफुसंग कहिले काहि बुवासंगै पसल गएको बेलामा सिकेको सिप बाहेर गर्न जानेको केहि थिएन ।
रमेशले आफुमाथी बिश्वास राखे र बुवाकै पेषलाई अगाडी बढाउने जिम्मेवारी सम्हाले । उनले बुवाले चलाउदै आएको पसल चलाएर केहि बर्ष गुजरा जिन्दगी चलाए । दिन, महिना, बर्ष हुदै रमेश बाबु आफ्नो पेषलाई बढाउदै लगे । सफ्लता मिल्दै गयो,मेहनत गर्दे गए । उनले परिवार पाल्नकैलागि आफ्नो पढाईलाई बिचैमा छोडेर पसलमा हजामको काम गरेका थिए ।
आफुले पढाई छोडेर पसल चलाउदाको समयमा उनले पसलको नाम ‘इनर स्पेस’ राखेका थिए । ब्यापारमा सफल्ता मिल्दै गरेका उनलाई आप्नै कारको सपना मनमा खेल्न थाल्यो । बाल्यकालमा छदा खेलौनाकार किन्ने हैसियत नरहेका रमेश बाबुकोलागि कारको सपना कुनै युद्धभन्दा कम थिएन । उनले आफ्नो आत्म बिश्वामा भर मान्दै अन्तमा आएर १९९७मा आएर आफ्नै कारको मालिक बनेरै छोडे ।
तपाईलाई जानकारी गराउछौ कि उनले आप्नो जिवनकै महत्वपुर्ण समयमा ओमनी कार किनेका थिए । कार किनीसकेपछि उनले त्यसकारको प्रयोग कपाल काट्ने पसल जानकोलागि प्रयोग गरेनन । उनले आफ्नो व्यवसायमा नयाँ आयाम ल्याउने मनसाय गरे र किनेको कार ब्यवसायिक प्रयोजनकोलागि भाडामा दिनथाले । उनले जे सोचे त्यसमा सफल्ता प्राप्त गर्दे अगाडी बढे । भाडामा लगाएको उनको कारलेपनि राम्रै ब्यापार गरेर उनको मदत गर्यो ।
एक कारबाट आफ्नो ब्यावसाय शुरुवात थालेका रमेश बाबुले बिस्तारै आफ्नो ब्यवसायलाई बढाउदै लगे । २००४ सम्ममा उनको साथमा सात कारको कलेक्सन नै बनिसकेको थियो । राम्रा राम्रा कारको खरिद पछि रमेश बाबुले आफ्नै टूर एण्ड ट्रावल एजेन्सी खोलेर नयाँ ब्यवसायमा हात हाले स्मरण रहोस उनले आफ्नो पुरानो कपाल काट्ने ब्यवासाय भने छोडेका थिएनन ।
लक्जरी गाडिकोे यात्रासंगै २००४ सम्म आईपुग्दा उनको साथमा कयौ गाडिहरु भईसकेका थिए । यो समयमा आएर उनको कारोबार यति माथि उठिसकेको थियो कि २०१४ सम्म आईपुग्दा उनि करिब २०० गाडिका एक्ला मालिक बनिसकेका थिए । उनको कारको लिस्टमा केवल सस्ताकारमात्र थिएनन, बि एम डब्लु,मरसिडीज। अडि दखि लिएर कयौ लक्जरीज गाडिको लाईन रहेको थियो ।
आज एक करोडपति बनिसकेका रहेश बाबुले आफ्नो सफलताको पछाडी कयौ ठुला जोखिम पछिको यात्राको रुपमा लिने गरेका छन । पहिलो खुसिको रुपमा जव उनले २००४मा आरामदायी कार किनेका थिए त्यो समयमा उनलाई जिन्दगीमा कहि ठुलै गल्ती त गरिरहेको छैन भनि पश्चताप भयो रे । संगर्षका कमाईलाई कतै डुब्ने त होईन उनको मनमा यो डर ले डेरा नजमाएको कहाँ हो र? उनले किनेको त्यो कारको मुल्य १४ लाख भारतीय रुपैया पर्न गएको थियो ।
१४ लाख भारुको कार किनेर उनले घरको अगाडी पार्क गरेर राखेनन । उनले आफ्नो कर्ममा बिश्वास राखे र काममा दिमाग लगाएर ब्यवसायको बिस्तारमा लागे । भनिन्छ, उनलाई आफ्नो यत्रो औकातमाथि भरोसा थिएन । उनले जिवनमा जोखिम उठाउनु नै उपयुक्त माने र कामको तयारीमा लाग्ने नै सोचे रे ।
उनले कार किनेको बेलामा आफ्नो परिवारलाई सम्झाउदै भनेका रहेछन, एदि यो कारले जिन्दगीलाई सोचे अनुरुप चलाएर लगेन भने उनले त्यसलाई बेचिदिने छन । तर उनको सोचले कहिलै धोखा खाएन उनको जिवन त पहिलाको भन्दा दोवर स्पिडमा कुद्न थाल्यो । आज उनि एक सफल हजामबाट एक ब्यवासायीको रुपमा आफ्नो साधारण तर अलाकिक जिवन बिताई रहेका छन ।